चितवनको एक दाना उद्योगमा आगलागी | Khabarhub Khabarhub

चितवनको एक दाना उद्योगमा आगलागी


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन – पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ। राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गए राति आगलागी भएको हो।

कुखुराको दाना राखिएको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आगलागीबाट दाना बनाउने मेसिनमा क्षति पुगेको छ। तयारी दाना, दाना उत्पादनका लागि राखिएको मकै, पिना र ढुटो जलेर नष्ट भएको उद्योगका सञ्चालक किरणभूषण ओलीले जानकारी दिए।

आगलागीबाट करिब रु एक करोड ५० लाख बराबरको क्षति भएको उनले बताए। विद्युत् सर्ट भएर राति करिब पौने २ बजेबाट लागेको आगो दमकल, इलाका प्रहरी कार्यालय भण्डारको टोली र स्थानीयवासीको सहयोगमा डेढ घण्टापछि निभाइएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : ०४ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित