निर्देशक दिनेश लिङ्देनद्वारा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा « Khabarhub

निर्देशक दिनेश लिङ्देनद्वारा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्माता तथा निर्देशक दिनेश लिङ्देनले पाँचथर जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य पदका लागि पाँचथरबाट  उम्मेदवारी दिने भएका हुन् । पाँचथरमा एउटा मात्र प्रतिनिधिसभाका निर्वाचन क्षेत्र छ ।

निर्माता तथा निर्देशक लिङ्देनले सीप– योग्यतालाई रोजगार, शिक्षामा सुधार, कृषिलाई बजार र विशेष प्राथमिकताका साथ स्वास्थ्य उपचार भन्ने मुख्य एजेन्डा लिएर पाँचथरबाट संघीय सांसदका लागि उम्मेदवारी दिने बताएका छन् ।

लिङ्देन लामो समय नेकपा माओवादीको विभित्र संगठनहरुको केन्द्रीय कमिटीमा रहेर काम गरिसकेका छन् । ‘माओवादीलगायत अन्य सबै राजनीतिक दलका नेतृत्वहरू देश र जनताभन्दा पनि सत्ता र स्वार्थमा मात्र बढी केन्द्रित रहेकोले अब उनीहरूबाट कुनै सम्भावना छैन’, उनले भने, ‘पार्टीको कार्यकर्ताका नाममा राजनीति दास नभई त्योभन्दा माथि उठेर मुलुक परिवर्तनका लागि केही गर्ने उपयुक्त समय आएकोले उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’

उनले पाँचथर र पाँचथरवासीका लागि निस्वार्थ भावसहित सांसद वा माननीय नभई एउटा सेवक भएर काम गर्ने इच्छाशक्तिका साथ उम्मेदवारी दिएको दाबी गरे ।

उनले ‘रीत’, ‘शान्ति’, ‘अञ्जली’, ‘तलास’ लगायतका एक दर्जन बढी फिल्म निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  २ : ०६ बजे

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा