महाअभियोग सिफारिस समिति बैठक : निलम्बित प्रधानन्यायाधीश जबराकाे बयान सुरु « Khabarhub

महाअभियोग सिफारिस समिति बैठक : निलम्बित प्रधानन्यायाधीश जबराकाे बयान सुरु


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक सुरु भएको हो ।

बैठक सुरु भएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान पनि सुरु गरिएको छ । जबराको आइतबार चौथो दिनको बयान हो ।

यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो । उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन् ।

जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो ।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १ : २८ बजे

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित

मौका नदिई खेलाडी छनोट गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं– एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा असहमति जनाउँदै खेलाडीहरू सर्वोच्च

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा