फेसबुकबाट विवाह गराइदिने बहानामा कल्पनाले ठगिन् साढे ४ लाख « Khabarhub

फेसबुकबाट विवाह गराइदिने बहानामा कल्पनाले ठगिन् साढे ४ लाख


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी सुन्दर युवतीसँग विवाह गराइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

दोलखा शैलुङ गाउँपालिका–५ की २३ वर्षीय संगीता भनिने कल्पना बस्नेतलाई ४ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले टेकुबाट पक्राउ गरेको हो । उनले संगीता बस्नेतको नामबाट फेसबुक आइडी बनाइ दोलखा शैलुङ गाउँपालिका–८ का २४ वर्षीय हरि बहादुर कार्कीलाई ठगेको प्रहरीले जनाएको छ ।

उनले हरिबहादुरलाई सुन्दर युवतीको फोटो पठाई विभिन्न नम्बरबाट फोन समेत गरेर तपाईलाई त्यो केटीले माया गर्छे भन्दै विश्वासमा पारेको र पछि त्यो केटी दुर्घटनामा परी अस्पतालमा उपचार भइरहेकोले उपचार गर्नको लागि रकम पठाई दिनुहोस् भनि पटक–पटक गरी ४ लाख ५५ हजार रुपैयाँ ठगेको आरोप छ ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनको साथबाट २ थान मोबाइल समेत बरामद गरेको छ । कल्पनालाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ९ : १८ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३