फेसबुकबाट विवाह गराइदिने बहानामा कल्पनाले ठगिन् साढे ४ लाख | Khabarhub Khabarhub

फेसबुकबाट विवाह गराइदिने बहानामा कल्पनाले ठगिन् साढे ४ लाख


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी सुन्दर युवतीसँग विवाह गराइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

दोलखा शैलुङ गाउँपालिका–५ की २३ वर्षीय संगीता भनिने कल्पना बस्नेतलाई ४ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले टेकुबाट पक्राउ गरेको हो । उनले संगीता बस्नेतको नामबाट फेसबुक आइडी बनाइ दोलखा शैलुङ गाउँपालिका–८ का २४ वर्षीय हरि बहादुर कार्कीलाई ठगेको प्रहरीले जनाएको छ ।

उनले हरिबहादुरलाई सुन्दर युवतीको फोटो पठाई विभिन्न नम्बरबाट फोन समेत गरेर तपाईलाई त्यो केटीले माया गर्छे भन्दै विश्वासमा पारेको र पछि त्यो केटी दुर्घटनामा परी अस्पतालमा उपचार भइरहेकोले उपचार गर्नको लागि रकम पठाई दिनुहोस् भनि पटक–पटक गरी ४ लाख ५५ हजार रुपैयाँ ठगेको आरोप छ ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनको साथबाट २ थान मोबाइल समेत बरामद गरेको छ । कल्पनालाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ९ : १८ बजे

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ ।

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल– केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन कार्यसम्पादन सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी