निर्वाचनमा तीन तहको सुरक्षा घेरा बनाउने निर्णय | Khabarhub Khabarhub

निर्वाचनमा तीन तहको सुरक्षा घेरा बनाउने निर्णय


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजना पारित गरिएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो ।

‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ पारित भएको गृह प्रवक्ता एवं सहसचिव फणिन्द्रमणी पोखरेलले बताए ।

बैठकले तहमा सुरक्षा घेरा बनाउने निर्णय पारित गरेको उनले बताए । निर्वाचन आयोगले निर्धारण गर्ने मतदान केन्द्रको आधारमा चुनावमा परिचालन गर्ने सुरक्षाकर्मीको संख्या परिचालन गर्ने बैठकले निष्कर्श निकालेको छ ।

निर्वाचन सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा सेना खटाउने निर्णय गरिएको छ । सेना परिचालनका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई आग्रह गर्नुपर्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : ४१ बजे

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको

बुकीपाटन पुग्न पदमार्ग र काठेपुल निर्माण

बागलुङ– पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो ।