गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी  « Khabarhub

गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी 


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक अहिले जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बिहान ८ बजे बस्ने भनिए पनि केहि ढिला गरी सुरु भएको हो।

बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ। आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँड गरेर गठबन्धन जान लागेको हो।

आइतबार सिट बाँडफाँडका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिएका थिए।

जारी बैठक सिट बाँडफाँडमा केन्द्रित रहेको छ। कार्यदलले दिएको सुझावका आधारमा शीर्ष नेताले सिट बाँडफाँड गर्ने भएका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची २ र ३ असोज र प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजमा रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १२ : २४ बजे

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल