कोरोना महामारीपछि पहिलोपटक चिनियाँ राष्ट्रपति विदेश भ्रमणमा निस्किँदै, यसै हप्ता मध्य एसियाको भ्रमण गर्ने « Khabarhub

कोरोना महामारीपछि पहिलोपटक चिनियाँ राष्ट्रपति विदेश भ्रमणमा निस्किँदै, यसै हप्ता मध्य एसियाको भ्रमण गर्ने


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनका राष्ट्रपति सी जिन्पिङले यस हप्ता मध्य एसियाली मुलुकहरु कजाखस्तान र उज्बेकिस्तानको भ्रमण गर्ने भएका छन् । कोरोना भाइरस महामारीको प्रारम्भिक समययता हालसम्म उनको यो पहिलो विदेश भ्रमण हुने सोमबार जानकारी दिइएको छ ।

सीले उज्बेकिस्तानको समरकन्द शहरमा हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) का नेताहरुको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ । यसअघि सार्वजनिक समाचारमा सीले यसै भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने बताइएको थियो ।

राष्ट्रपति सीले बुधबारदेखि शुक्रबारसम्म कजाखस्तान र उज्बेकिस्तानको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

एससीओमा चीन, रुस, भारत, पाकिस्तान, साथै चार मध्य एसियाली देशहरु कजाखस्तान, किर्गिस्तान, उज्बेकिस्तान र ताजिकिस्तान सदस्य राष्ट्र छन् । यस शिखर सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेक शहर समरकन्दमा हुने तय भएको छ ।

यसअघि राष्ट्रपति सी सन् २०२० जनवरीमा म्यान्मारको भ्रमणमा गएका थिए । उनी फर्केको केही दिनपछि पूरै वुहान सहरलाई कोरोना भाइरसको प्रकोपले छोपेको थियो । त्यसयता उनले विदेश भ्रमण गरेका छैनन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ५० बजे

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा