चान्सुको भ्रमणले आज उपत्यकाका यी सडक प्रभावित, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध | Khabarhub Khabarhub

चान्सुको भ्रमणले आज उपत्यकाका यी सडक प्रभावित, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सुको सवारीको कारण आज राजधानी काठमाडौँका विभिन्न सडक प्रभावित हुनेछन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु कालीमाटी हुँदै सोल्टी होटेलसम्मको सवारी आवागमन  प्रभावित हुनेछ ।

दिउँसो साढे ३ बजे रविभवन सोल्टी होटेल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने कार्यालयले जनाएको छ ।

त्यस्तै दिउँसो साढे ४  बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन सोल्टी होटेल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुनेछ  ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ११ : १४ बजे

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ