साउदीमा ८ वर्षदेखि अचेत रहेकी बाटुलीलाई नेपाल फर्काइयो | Khabarhub Khabarhub

साउदीमा ८ वर्षदेखि अचेत रहेकी बाटुलीलाई नेपाल फर्काइयो



दोहा – ८ वर्षअघि साउदी अरबमा भर्‍याङबाट लडेर गम्भीर घाइते भई अचेत अवस्थामा रहेकी एक नेपाली महिलालाई उद्धार गरी स्वदेश पठाइएको छ ।

सन् २०१४ मा साउदी अरब पुगेको ६ महिनामै आफूले काम गर्ने घरको भर्‍याङबाट तल खस्दा गम्भीर घाइते भएर साउदीको अलहासास्थित अल अयुन सिटी अस्पतालमा उपचाररत रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ घर भएकी बाटुली सुनारको उद्धार गरी नेपाल फर्काइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। लामो समयदेखि उपचार गर्दा पनि उनको अवस्थामा खासै सुधार नआएपछि परिवारको साथमा राखेर उपचार गर्दा केही सुधार हुनसक्ने डाक्टरको सल्लाह बमोजिम नेपाल फर्काइएको हो ।

सुनार सन् २०१४ मा घरेलु कामदार (हाउसमेड) भिसामा कुवेत गएकी थिइन् । उनलाई कुवेतबाट गैरकानुनी रुपले साउदी अरब ल्याइएको पाइएको जनाएको छ ।

दूतावासले नेपाल एयरलाइन्सको जहाजमा स्ट्रेचर राख्ने व्यवस्था गर्न, उनलाई एक जना नर्ससहित स्ट्रेचरमा राखेर नेपाल लैजाँदा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने गरी पहल गरेको थियो ।

दूतावासले बिरामीको आवश्यक कागजातसहित एक्जिट भिसाको लागि साउदी श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गरेको थियो ।

यसअघि पनि दूतावासले ड्युटी सकाएर कोठामा फर्किँदै गर्दा अचानक मस्तिष्क घात भई गाडीको सिटमै ढलेका सर्लाहीका अरूण कुमार राय र सडक दुर्घटना परी गम्भीर घाइते भई विगत ११ वर्षदेखि साउदीको अल मौवासत अस्पतालमा उपचाररत धनुषा चण्डेश्वर मुखियालाई पनि उद्धार गरी नेपाल फर्काइसकेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ०० बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित