राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मोरङका ९५ विद्यालय छनोट « Khabarhub

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मोरङका ९५ विद्यालय छनोट


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मोरङका ९५ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मोरङका ९५ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो ।

मन्त्रालयले मोरङका स्थानीय तहलाई गरेको परिपत्रअनुसार मोरङको उर्लावारी नगरपालिकाका छ वटा, कटहरि गाउँपालिकाका तीन, कानेपोखरी गाउँपालिकाका छ, बेलवारी ननगरपालिकाका पाँच र ग्रामथान गाउँपालिकाका छ वटा विद्यालय छनोट भएका छन् । त्यस्तै जहदा गाउँपालिकाका चार, धनपालथान गाउँपालिकाका चार, पथरी शनिश्चरे नगरपालिकाका पाँच र विराटनगर महानगरपालिकाका १४ विद्यालय छनोट भएका छन् ।

केन्द्रले बुढीगङ्गा गाउँपालिकाका चार, बेलवारी नगरपालिकाका छ, मिक्लाजुङ गाउँपालिकाका छ, रतुवामाइ नगरपालिकाका पाँच, रङ्गेली नगरपालिकाका चार, सुनवर्षी नगरपालिकाका पाँच, सुन्दरहरैंचा नगरापलिकाका सात र लेटाङ नगरपालिकाका चार विद्यालय छनोट गरेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तार, आइटी ल्याव स्थापनालगायत कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गरेका विद्यालयमध्येबाट भदौ २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रममा सहभागी गराउने विद्यालयको नाम छनोट गरेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ८ : ३२ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,