विश्वकप खेल्ने पाकिस्तानी टोलीको घोषणा « Khabarhub

विश्वकप खेल्ने पाकिस्तानी टोलीको घोषणा


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि पाकिस्तानले १५ सदस्य टोली घोषणा गरेको छ । पाकिस्तानले बाबर आजमको कप्तानीमा विश्वकप खेल्ने टोलीको घोषणा गरेको हो ।

टोलीमा तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियर पनि फर्किएका छन् । पाकिस्तानले टोलीमा चाहेको खण्डमा भने आगमी अक्टोबर १५ पछि टोलीमा परिवर्तन भने गर्न सक्छ ।

अफ्रिदी, जुनियर, नसिम शाह, मोहम्मद हसनैन र हरिस रौफ तीव्र गतिका बलरको रुपमा छन् । बायाँ हाते वर्तमान समयका उत्कृष्ट बलर अफ्रिदीको आगमनले पाकिस्तानको बलिङ झनै मजबुत बनेको छ । पाकिस्तानले २० सेप्टेम्बरदेखि इंग्ल्यान्डसँग घरेलु मैदानमा ७ टि२० आई सिरिज खेल्नेछ । यस सिरिजको प्रदर्शनले पनि महत्वपूर्ण भूमिका राख्नेछ । पाकिस्तान यसै साता टि२० एसिया कपको फाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।

पाकिस्तान सुपर १२ को समूह २ मा छ । सुपर १२ को समूह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् ।

पाकिस्तानको विश्वकप खेल्ने टोली :

बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), आसिफ अली, हैदर अली, हरिस रौफ, इफ्तिखर अहमद, खुशदील शाह, मोहम्मद हसैनन, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम जुनियर, नसिम शाह, शाहिन शाह अफ्रिदी, शन मकसुद र उस्मान कादिर ।

भ्रमण वैकल्पिक खेलाडी : फखार जमान, मोहम्मद हरिस र शहनवाज धानी ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १० : ०७ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि