विश्वकप खेल्ने पाकिस्तानी टोलीको घोषणा « Khabarhub

विश्वकप खेल्ने पाकिस्तानी टोलीको घोषणा


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि पाकिस्तानले १५ सदस्य टोली घोषणा गरेको छ । पाकिस्तानले बाबर आजमको कप्तानीमा विश्वकप खेल्ने टोलीको घोषणा गरेको हो ।

टोलीमा तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियर पनि फर्किएका छन् । पाकिस्तानले टोलीमा चाहेको खण्डमा भने आगमी अक्टोबर १५ पछि टोलीमा परिवर्तन भने गर्न सक्छ ।

अफ्रिदी, जुनियर, नसिम शाह, मोहम्मद हसनैन र हरिस रौफ तीव्र गतिका बलरको रुपमा छन् । बायाँ हाते वर्तमान समयका उत्कृष्ट बलर अफ्रिदीको आगमनले पाकिस्तानको बलिङ झनै मजबुत बनेको छ । पाकिस्तानले २० सेप्टेम्बरदेखि इंग्ल्यान्डसँग घरेलु मैदानमा ७ टि२० आई सिरिज खेल्नेछ । यस सिरिजको प्रदर्शनले पनि महत्वपूर्ण भूमिका राख्नेछ । पाकिस्तान यसै साता टि२० एसिया कपको फाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।

पाकिस्तान सुपर १२ को समूह २ मा छ । सुपर १२ को समूह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् ।

पाकिस्तानको विश्वकप खेल्ने टोली :

बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), आसिफ अली, हैदर अली, हरिस रौफ, इफ्तिखर अहमद, खुशदील शाह, मोहम्मद हसैनन, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम जुनियर, नसिम शाह, शाहिन शाह अफ्रिदी, शन मकसुद र उस्मान कादिर ।

भ्रमण वैकल्पिक खेलाडी : फखार जमान, मोहम्मद हरिस र शहनवाज धानी ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १० : ०७ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष