२० वर्षसम्म विवाह नगरेका २० किशोरी सम्मानित « Khabarhub

२० वर्षसम्म विवाह नगरेका २० किशोरी सम्मानित


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

कालिकोट- जिल्लाको तिलागुफा नगरपालिकामा २० वर्ष उमेर पुग्दासम्म पनि विवाह नगरी अध्ययनमा लागेका किशोरीहरूलाई सम्मान गरिएको छ। जिल्लामा भइरहेको बाल विवाह न्यूनीकरणका लागि सन्देश दिने उद्देश्यले २० जना किशोरीलाई सम्मान गरिएको हो। 

राष्ट्रिय बाल दिवसका अवसरमा तिलागुफा नगरपालिकाको वडा नम्बर ६ ले २० वर्ष पूरा भएर नियमित विद्यालय आएर अध्ययन गर्ने किशोरीहरूलाई सम्मान गरिएको वडाध्यक्ष प्रवलाल शाहीले बताए। बिहेवारी २० वर्ष पारी भन्ने नारालाई व्यवहारिक रूपमा कार्यन्वयन गर्नका लागि सम्मान कार्यक्रमले थप प्रेरणा दिने उनले बताए। किर्डाक नेपाल, सेभद चिल्ड्रेन लगायतका गैरसरकारी निकायहरूको समन्वयमा गाउँपालिकाले बाल विवाह न्यूनीकरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उनले भने, ‘हामी तिलागुफा नगरपालिकालाई नै बाल विवाह मुक्त नगरका रूपमा विकास गर्दैछौँ। यसका लागि सबै वडाहरूमा २० वर्षसम्म विवाह नगरेका, नियमित विद्यालय आउने किशोरीहरूलाई लक्षित गरी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिनेछ।’ तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले तिलागुफाले बालबालिकाका क्षेत्रमा गर्ने लगानी प्रतिफलमुखी बनाउन विद्यालयको व्यवस्थापन, सचेतना लगायतका कामहरू सञ्चालन भइरहेको बताए।

उनले भने, ‘हामी बालमैत्री स्थानीय सरकार सञ्चालनका लागि सम्पूर्ण तयारीहरू गरिरहेका छौँ। यहाँका बालबालिकाहरूले सरकारप्रति गुनासो गर्ने वातावरण बनाउँदैनौँ। सबै बालबालिका विद्यालयमा ल्याउन खाजा कार्यक्रमलाई पनि प्रभावकारी बनाउन विद्यार्थीको खातामा खाजा रकम पठाउने तयारी गर्दैछौँ।’

जिल्लामा विभिन्न संघ संस्थाहरूको सहयोगमा बाल विवाह विरुद्धको अभियान, बालकल्याण अधिकारी नियुक्त, बालबालिका सम्बन्धी स्थानीय नीतिहरू, बालहित कोषको व्यवस्था, बालमैत्री स्थानीय शासन वडा घोषणा, बाल हिंसामुक्त वडा घोषणा, बालबालिकामैत्री बजेट, जोखिममा रहेका बालबालिकाहरूलाई सहयोग, बालबालिकाविरुद्ध हुने हिंसाको सुनुवाइका लागि निःशुल्क टोल फ्रि नम्बरको व्यवस्था गर्न थालिएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : १३ बजे

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन