‘केजीएफ’ स्टार यश फेरि बाबु बन्दै « Khabarhub

‘केजीएफ’ स्टार यश फेरि बाबु बन्दै


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ‘केजीएफ’ स्टार यश र उनकी पत्नी राधिका पण्डितलाई हालै सन्तान प्राप्त भएको थियो । केही महिनापहिले यी दुई बाबुआमा बन्ने अवसर पाएका थिए ।

यसको केही समय नबित्दै यशले आफ्नी पत्नी फेरि गर्भवती भएको जानकारी दिएका छन् । यो खबरले केही फ्यानले यशलाई हतारिएको भन्ने प्रतिक्रिया दिएका छन् ।

यशले भिडियो बनाएर आफू फेरि बाबु बन्न लागेको जानकारी दिएका हुन् । उनले आफ्नी छोरीका माध्यमबाट दोस्रो सन्तानबारे जानकारी दिएका छन् । भिडियोको क्याप्सनमा यशले लेखेका छन् – वाइजीएफ च्याप्टर दुई ।

भिडियोमा उनकी सानी छोरी आर्याका तस्वीरलाई स्लाइड गरी देखाइएको छ । भिडियोका माध्यमबाट यश फेरि बाबु बन्न लागिएको सन्देश दिइएको छ ।

यश गत डिसेम्बरमा बाबु बनेका थिए । उनले पहिले पनि एक भिडियो शेयर गर्दै पत्नी गर्भवती भएको जानकारी दिएका थिए ।

फिल्मको कुरा गर्ने हो भने यश ‘केजीएफः च्याप्टर १’ मा देखिएका थिए । यसको दोस्रो भाग रिलिजको तयारीमा छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १ : ५१ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले