'मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ'  | Khabarhub Khabarhub

‘मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ’ 


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्। शनिबार मुक्त कमैया महिला विकास मञ्च कैलालीको १५औँ साधारणसभा तथा पाँचौँ अधिवेशनमा उनले अध्यादेशमार्फत कानुन ल्याएर भए पनि मुक्त कमैयाका समस्या समाधान गरिने बताए ।

उनले कानुनी जटिलताका कारण मुक्त कमैयाको समस्या समाधान गर्न समस्या भएको बताए । मुक्त कमैया, कम्लरी, मुक्त हलियालगायत समस्या समाधान गर्नका लागि प्रदेश सरकारले धेरै छलफल गरेर कानुन तयार गरेको उनले बताए ।

निर्वाचनले गर्दा संसद् रोक्नुपरेको बताउँदै उनले कानुन सदनबाट पास गर्न सक्ने स्थिति नबनेकाले अध्यादेश ल्याएर भए पनि समस्या समाधान गर्नुपर्ने बताए । उनले मुक्त कमैयाका सबै समस्या समाधान गर्न एकीकृतरूपमा कानुन ल्याएर अगाडि बढ्नुपर्ने बताए । 

संविधानले भूमि दिने अधिकार संघीय सरकारलाई मात्रै दिएको जानकारी दिँदै मुख्यमन्त्री भट्टले प्रदेश सरकारको चाहना मुक्त कमैयालाई भूमिको व्यवस्था हुनुपर्छ तर कानुनी जटिलताका कारण दिन नसकिएको स्पष्ट पारे । 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ६ : ३५ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका