निर्माता रघु परियार समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा  « Khabarhub

निर्माता रघु परियार समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा 


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्मका निर्माता तथा राजनीतिज्ञ रघु परियार नेपाली जनता दलको तर्फबाट समानुपातिक बन्दसूचीको नम्बर १ मा परेका छन् ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली जनता दलले सोमबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा उनको नाम पहिलो नम्बरमा रहेको छ ।

अन्तर्राष्ट्रिय सम्पर्क राम्रो भएको र नेपाली राजनीति बुझेको युवा भएकोले उनको नाम पहिलो स्थानमा सिफारिस गरिएको दलले जनाएको छ । आसन्न प्रतिनिधिसभा २७५ सांसद रहनेछन् । जसमा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।

नेपाली जनता दलका वरिष्ठ उपाध्यक्षसमेत रहेका रघुले आफ्नो नाम पहिलो स्थानमा सर्वसम्मत रूपमा चयन भएकोमा खुसी व्यक्त गरे । ‘मलाई मेरो कर्मको फल प्राप्त भए जस्तो लागेको छ । मैले गरेको मेहनतले नै मलाई पार्टीबाट सर्वसम्मत रूपमा समानुपातिक तर्फको बन्दसूचीमा १ नम्बरमा राखिएको छ’, उनले भने ।

निर्माता रघुले केही दिनअघि मात्र बलिउड निर्माता तथा निर्देशक पुस्कर झासँगको सहकार्यमा ‘सायरा’ निर्माणको घोषणा गरेका छन् । पुस्करसँग उनको नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।

फिल्मलाई बलिउड अभिनेता तथा निर्देशक विशाल देसाईले निर्देशन गर्दैछन् । अस्ट्रेलियामा ९० प्रतिशत र नेपालमा १० प्रतिशत छायांकन हुने फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी , कविता नेपाली लगायतको अभिनय रहनेछ । फिल्म आउँदो अक्टोबरमा छायांकन हुने तयारी गरिँदैछ । रघुले पहिलो फिल्म ‘वीरांगना’ निर्माण गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १ : ०६ बजे

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका