मनाङको शैक्षिक अवस्था : शिक्षक छन्, विद्यार्थी छैनन् | Khabarhub Khabarhub

मनाङको शैक्षिक अवस्था : शिक्षक छन्, विद्यार्थी छैनन्


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मनाङ – हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन्। विद्यालय भए पनि विद्यार्थी न्यून छन्। अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन्।

शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन्। नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईले जानकारी दिए। ‘भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास कक्षाको पढाइ सकिनासाथ विद्यालय रित्तिने गरेका छन्’, उनले भने।

मनाङमा बाढी पहिरोको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको छ। जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी अन्यत्र सरेको उनको भनाइ छ। शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिए पनि विद्यार्थी भने न्यून रहेको चपाईले बताए। विद्यार्थी शून्य हुँदै जानुका विषयमा स्थानीय सरकारसमक्ष विभिन्न तवरबाट छलफल भइरहेको उनले बताए।

जिल्लाका चार पालिकाका विभिन्न विद्यालय विद्यार्थी विहीन भएका छन्। ‘विद्यालय भवन र शिक्षक छन्। विद्यार्थी छैनन्। यस्तो अवस्थामा विद्यालय बन्द गर्नुबाहेक कुनै विकल्प छैन’, चपाईले भने, ‘केही विद्यालयमा इसिडीका विद्यार्थी छन्। ‘बाढीपहिरोको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर आफन्तकोमा वा छात्रावासमा राखी पठनपाठन गराइरहेको अनुसन्धानका क्रममा पाइएको उनले बताए।

जोखिम रहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर पढाउने अभिभावकको भनाइ छ। बाल विकासदेखि कक्षा १२ सम्म कूल पाँच सय ४५ विद्यार्थी तथा एक सय ६१ शिक्षक रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ८ : ४१ बजे

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित

प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन भ्रमणमा जाँदै छन्