राप्रपाको निर्वाचन परिचालन समितिले पायो पूर्णता « Khabarhub

राप्रपाको निर्वाचन परिचालन समितिले पायो पूर्णता


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ ।

बिहीबार बसेको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको समितिमा पूर्वअध्यक्षत्रय लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारीहरू, सातवटै प्रदेशका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू, विभागीय प्रमुखहरू र भातृ संगठनका प्रमुखहरुलाई सदस्यमा मनोनीत गरेको हो ।

बैठकले सदस्य सचिवको जिम्मेवारी महामन्त्री राजेन्द्र गुरुङलाई तोकेको छ । यस्तै बैठकले प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

यस्तै कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा निर्वाचन आर्थिक समिति र प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा केन्द्रीय निर्वाचन प्रचार समिति गठन गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  १० : ०९ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि