प्रेमगीत-३ आजदेखि विश्वभर प्रदर्शन हुँदै  | Khabarhub Khabarhub

प्रेमगीत-३ आजदेखि विश्वभर प्रदर्शन हुँदै 


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली चलचित्र प्रेमगीत-३ आज (शुक्रबार)बाट विश्वभर प्रदर्शन हुँदै छ।

अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर हाउस फुल हुने सम्भावना देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन्। बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले सुनाए।

चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ। अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरूले प्राथमिकता दिएका थिए। सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र प्रेमगीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो। भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

प्रदीप र क्रिस्टिनाको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

हिन्दी भर्सन नेपालमा घटस्थापनापछि  
प्रेमगीत ३ को हिन्दी भर्सन भने नेपालमा घटस्थापना (१० असोज)देखि मात्र प्रदर्शन हुने भएको छ।

विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक-दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशकसेनले जानकारी दिए। उनले घटस्थापनाको दिनबाट मात्र  प्रेमगीत ३ हिन्दी भर्सन नेपालभर प्रदर्शन हुने बताए।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : ५२ बजे

रसुवा कारागारबाट भागेका ९१ कैदीबन्दी फर्किए

रसुवा– जेन-जी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१

असन-इन्द्रचोकमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– दशैँ नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ

सुदन गुरूङमाथि आक्रमण प्रयास, सरकारले सुरक्षा बढायो

काठमाडौँ- ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ

तीन जना मन्त्री पुगे संसद् भवन निरीक्षणमा (तस्बिरहरू)

काठमाडौं– संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद्

गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु

काठमाडौं- सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण