संस्थापन समूहले एकलौटी गरेको शेखर पक्षको आरोप « Khabarhub

संस्थापन समूहले एकलौटी गरेको शेखर पक्षको आरोप


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर काइराला पक्षका नेताहरुले प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको समानुपातिक उम्मेदवारी चयनमा पार्टीभित्र न्याय नभएको गुनासो गरेका छन् ।

संस्थापन इतर समूहले आज एक कार्यक्रमको आयोजना गरी समानुपातिकतर्फको उम्मेदवार चयनमा संस्थापन समूहले एकलौटी गरेको आरोप लगाएका हुन् । नेता गुरुराज घिमिरेले पार्टीभित्र सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनमा टिकट वितरण गर्नुपर्ने बताए ।

‘पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण गर्नुपर्छ, न्यायोचित टिकट वितरण नभए विद्रोह गर्न बाध्य हुन्छौँ’, उनले भने ।

कांग्रेसका अर्का नेता जगदिश्वरनरसिंह केसीले पार्टीको १४औँ महाधिवेशनमा पाएको मतको आधारमा उम्मेदवारी बाँडफाँट हुनुपर्ने बताए। उनले पार्टीभित्र सबैलाई मिलाएर लैजाने काम पार्टी सभापतिको भएकाले सोहीअनुसार पार्टी सभापति अगाडि बढ्नुपर्ने धारणा राखे ।

कांग्रेस नेता भूपेन्द्रजङ्ग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय हुनुपर्ने बताए । उनले आफू आगामी निर्वाचनमा कालिकोटबाट निर्वाचन लड्ने घोषणा गरे ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ११ : १५ बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको