विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्त्वपूर्ण हुन्छ : प्रधानमन्त्री  « Khabarhub

विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्त्वपूर्ण हुन्छ : प्रधानमन्त्री 


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन्।

अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त महत्त्वपूर्ण योगदान हुने जनाउँदै उनले नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्था अर्थात् ‘थिङ्क ट्याङ्क’ हरुको भूमिका अझ महत्त्वपूर्ण हुनेमा जोड दिए।

नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा कार्य व्यस्तताका कारण भौतिक रूपमा उपस्थित हुन नसकी लिखित शुभकामना प्रेषित गरेका उनले समस्या समाधान गर्न धरातलीय यथार्थ र प्रमाणमा आधारित तथा दूरगामी सोचसहितका सार्वजनिक नीति तर्जुमा कार्यान्वयन हुन आवश्यक रहेको उल्लेख गरेका छन् ।

“यस्ता नीतिले मात्र नेपालको संविधानले निर्दिष्ट गरेअनुरूप जनताका आवश्यकताको परिपूर्तिका साथै सुशासनको अभिवृद्धि गरी मुलुकको सर्वाङ्गीण विकासमा योगदान दिन सक्छन् । मुलुकमा लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको संरक्षण गर्दै जनअपेक्षा सम्बोधन गर्न व्यावहारिक विश्वसनीय, गुणस्तरीय र कार्यान्वयनयोग्य नीतिको आवश्यकता पर्दछ र यस्ता नीति तर्जुमा गर्न गहन अध्ययन र अनुसन्धानको आवश्यकता पर्दछ । यही आवश्यकतालाई महसुस गरेर नै नेपाल सरकारले स्वायत्त प्रकृतिको नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको हो”, प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।

आगामी दिनमा प्रतिष्ठानले अनुसन्धानमा आधारित नीति तर्जुमामा अग्रणी भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिँदै उनले प्रतिष्ठानको क्षमता विकास र सुदृढीकरणका लागि नेपाल सरकारले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले प्रतिष्ठानले आगामी दिनमा देशको आवश्यकता र यथार्थलाई मध्यनजर गरी मुलुकको विकासमा रूपान्तरणकारी परिवर्तन ल्याउन सक्ने नीति तर्जुमा गर्न तथा समय सयममा विभिन्न महत्त्वपूर्ण विषयमा सरकारलाई मार्ग निर्देश दिने किसिमका नीतिगत पृष्ठपोषण प्रदान गर्न सकोस् भन्दै प्रतिष्ठानको प्रगतिको कामना गरेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : १९ बजे

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको