सरकारद्वारा पाँच सचिवको सरुवा « Khabarhub

सरकारद्वारा पाँच सचिवको सरुवा


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुदका सचिव डा. दामोदर गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा गरिएको छ ।

केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानुन) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ । कानुनका उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : ०० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको