गठबन्धनभित्र १३५ निर्वाचन क्षेत्रमा सहमति  « Khabarhub

गठबन्धनभित्र १३५ निर्वाचन क्षेत्रमा सहमति 


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे । आफूहरूले गरेको गठबन्धनको राजनीति प्रारम्भमा भएको र संस्थागत रूप लिन नसकेको उनले बताए । श्रेष्ठले आगामी मंसिरमा हुने संघीय चुनावमा आफूले काठमाडौं–७ बाट उम्मेदवारी दिने समेत बताए । विद्यालयदेखि शिक्षा, स्वास्थ्य, पर्यटकीय विकास, बाटो निर्माणदेखि खानेपानीको सम्बन्धमा साथ दिँदै आएको उनको भनाई छ ।

उनले आगामी निर्वाचनका लागि व्यवस्थापनको सन्दर्भमा आफ्नो मन्त्रालयले आवश्यक कर्मचारी निर्वाचन आयोगमा पठाइसकेको जानकारी दिए । 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : ४१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको