नैतिक शक्ति भएको नेतृत्व चाहिएको छ : वरिष्ठ नेता पौडेल « Khabarhub

नैतिक शक्ति भएको नेतृत्व चाहिएको छ : वरिष्ठ नेता पौडेल


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

डुम्रे– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला र देशको समग्र रुपमा सर्वाङ्गीण विकासतर्फ अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । व्यास नगरपालिका-४ स्थित व्यास युवा क्लबद्वारा आज आयोजित तेस्रो व्यास युवा कप २०७९ ‘९’ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेता पौडेलले चौतर्फी विकास गरिनुपर्ने बताए ।

मुलुकको समग्र विकास आवश्यक रहेको बताउँदै उनले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गरे । तनहुँलाई नेपालभरको नमूना जिल्लाको रुपमा विकास गर्न आवश्यक रहेकाले अब विकास अगाडि बढ्ने उनले बताए । ‘जिल्लामा बहुवर्षीय योजनाहरू सुरु भइसकेको छ । विकास हुनु भनेको बाटो, कालोपत्र मात्रै नभई जिल्लाको सर्वाङ्गीण विकासका लागि खेलकुद, संस्कृति, वातावरण, खानेपानीको विकास हो । जिल्लाले विकासको काँचुली फेर्ने अवस्थामा रहेको छ’, वरिष्ठ नेता पौडेलले भने, ‘स्वच्छ वातावरणको विकासको अभियानमा हामी लागि रहेका छौँ ।’

सबै ग्रामीण क्षेत्रमा सडक पुर्‍याएकाले अब कालोपत्र गरी विकास गर्ने र सहज बनाउने उनले बताए । खेलकुदले देशलाई समृद्ध र चिनाउने काम गरेको उनले बताए । विश्वमा फुटबल खेल हेर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली खेलाडी उत्कृष्ट रहेको उनले बताए । खेलको विकासका लागि देशले सदैव सहयोग गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : ११ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको