मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश « Khabarhub

मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्व एक मैत्रीपूर्ण खेल खेल्दैछ ।

घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्व मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेलमा राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । मैत्रीपूर्ण खेल अघि सोमबार आयोजित प्रि-कम्फ्रेन्समा राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँको साथमा किरण प्रस्तुत भएका थिए । प्रि-कम्फ्रेन्स कार्यवाहक प्रशिक्षक हुमागाईँले मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले निरन्तर प्रशिक्षण गरेको र राम्रो नतिजा आउने विश्वास व्यक्त गरे । उनले यो निकै महत्वपूर्ण खेल भएकाले जितको लक्ष्यका साथ नेपाली टीम मैदान उत्रने बताए । उनले आफूले पाएको जिम्मेवारी गम्भीरताका साथ पुरा गर्ने बताए ।

त्यस्तै किरण चेम्जोङले खेलाडीहरुले देशका लागि खेल्ने भएकाले कोहिमाथि भेदभाव गर्न नहुने बताए । यसअघि नेपाल नआएको विषयमा उनले आफूलाई राष्ट्रिय फुटबल टिमबाट बाहिर राखेकाले नै नआएको स्पष्ट पारे । उनले तीन दिन प्रशिक्षण गर्ने मौका पाएको र टीमलाई बलियो बनाएर अघि बढ्ने जिकिर गरे ।

यसअघि किरणसहित ११ सिनियर खेलाडी तत्कालीन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवाद पछि टोलीमा थिएनन् । त्यस्तै बंगलादेशका प्रशिक्षक र कप्तालले मैत्रीपूर्ण खेलका लागि निरन्तर अभ्यास गरेको र राम्रो नतिजा ल्याउने विश्वास गरे । नेपाल र बंगलादेशबीचको खेल मंगलबार साँझ ५ः३० बजे सुरु हुनेछ ।  बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५  खेल बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : २१ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको