विश्व इतिहासमा आज: कन्स्टेन्टाइन प्रथमको राजगद्दी त्यागदेखि ‘डन’ अन्तरिक्ष यान प्रक्षेपणसम्म  « Khabarhub

विश्व इतिहासमा आज: कन्स्टेन्टाइन प्रथमको राजगद्दी त्यागदेखि ‘डन’ अन्तरिक्ष यान प्रक्षेपणसम्म 


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल असोज ११ गते मंगलबार । सन् २०२२ को सेप्टेम्बर २७ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २००७ सेप्टेम्बर २७ मा नासाले एस्टेरोइड बेल्टका दुई ठुला वस्तुहरु भेस्टा र सेरेसको अध्ययनको लाग ‘डन’ अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो ।

सन् २००३ सेप्टेम्बर २७ मा यूरोपेली अन्तरिक्ष एजेन्सीले चन्द्रमाको कक्षमा ‘स्मार्ट–१’ उपग्रह प्रक्षेपण गरेको थियो ।

सन् १९९६ सेप्टेम्बर २७ मा तालिबानले काबुल अतिक्रमण गरेको थियो । सो अतिक्रमण पश्चात् इस्लामिक कट्टरपन्थी समूहले अफगानिस्तानको इस्लामिक इमिरेट्सको स्थापना गरेको थियो ।

सन् १९६२ सेप्टेम्बर २७ मा यमन अरब गणतन्त्रको स्थापना भएको थियो । राजा मोहम्मद अल–बद्रलाई सत्ताबाट हटाउन भएको कुपश्चात गमाल अब्देल नासिरले यमन अरब गणतन्त्रको स्थापनाको घोषणा गरेका थिए ।

सन् १९४० सेप्टेम्बर २७ मा दोस्रो विश्व युद्धअन्तर्गत जर्मनी, इटाली र इम्पेरियल जापानका प्रतिनिधिहरूले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्दै एक्सीस शक्तिको स्थापना गरेका थिए ।

सन् १९३७ सेप्टेम्बर २७ मा वयस्क बाली बाघलाई गोली हानी मारिएको थियो । अत्यधिक मानव गतिविधि र शिकारका कारण बालीको इन्डोनेसियाली द्विपको रैथाने बाली बाघ विलुप्त भएको थियो ।

सन् १९२२ सेप्टेम्बर २७ मा ग्रीसका कन्स्टेन्टाइन प्रथमले राजगद्दी त्यागेका थिए । सैनिय विद्रोहपश्चात् छोरा जर्ज दोस्रोको पक्षमा राजगद्दी त्यागेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ६ : ५० बजे

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ