यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन कारबाहीमा « Khabarhub

यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन कारबाहीमा


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले यान्त्रिक अवस्था ठीक नभएका सवारी साधनमाथिको जाँच अभियानलाई तीव्र पारेको छ । चाडबाड नजिकिँदै गर्दा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले टोली नै खटाएर अभियान तीव्र पारेको हो ।

ललितपुरको सातदोबाटोमा आज गरिएको विशेष यान्त्रिक जाँचका क्रममा अवस्था ठीक नभएका बस, टेम्पो, ट्याङकरलगायतका २५ सवारी साधनलाई कारबाही गरिएको र १४ गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त अभियानमा तालिम प्राप्त प्राविधिकसहितको टोली परिचालन गरिएको थियो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियन्त्रणमा लिइएका १४ सवारी साधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइने जानकारी दिए ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना हुने र यात्रुको जीवन जोखिममा पर्ने भएकाले सम्भावित जोखिम कम गर्न अभियान सुरु गरिएको उनले बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीको कमान्डमा ट्राफिक प्रहरीको टोली आज ललितपुरको सातदोबाटो क्षेत्रमा खटिएको थियो । गएको भदौ १५ गतेदेखि प्रहरीले अभियानकै रुपमा कारबाही अभियान थालेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : २८ बजे

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

गोवा – भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३

एनपीएलः लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो

कोरला सडकमा १३ पुल निर्माण

मुस्ताङ – उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा

निर्वाचन आउन ८८ दिन बाँकीः आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन