राष्ट्रिय खेलकुदका लागि ९ हजारको बिमा | Khabarhub Khabarhub

राष्ट्रिय खेलकुदका लागि ९ हजारको बिमा


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)  ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको बिमा हुने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ ।

राखेपका सदस्य-सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे । बिमित खेलाडीको संख्या ६ हजार रहेको छ भने बाँकी ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत रहेको नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणिन्द्र पौडेलले जनाएका छन् ।

बिमाको अवधि १ महिना रहेका छ । प्रत्येकको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको हो । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ३९ बजे

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले

बागलुङमा बर्खेजात्राको रौनक

बागलुङ– बागलुङ बजारमा अहिले दैनिक जसो नेवारी समुदायको जात्रा हेर्न

म्याग्दीको मालिकास्थित डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको