चाडपर्वमा सवारी दुर्घटना बढ्ने जोखिम « Khabarhub

चाडपर्वमा सवारी दुर्घटना बढ्ने जोखिम


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिएको छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्घटना बढेको हो । विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता कारणले दसैँ तिहारमा दुर्घटना हरेक बर्ष बढेको देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले पुष्टि गर्छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ । मङ्गलबार बिहान मात्रै सल्यानको कपुरकोटमा रा१ज ५६३ नम्बरको जीप दुर्घटनाबाट आठ जनाको निधन भएको छ ।

प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कलाई केलाउँदा गत वर्षको दसैँ तिहारमा मात्रै २१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी गत वर्ष दसैँका समयमा ३७ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।

दसैँमा ठूलो मानवीय क्षति हुनेगरी मुगुमा बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । यस्तै सुर्खेतमा नौ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र २२ जना घाइते हुँदा दैलेखमा चार सवारी दुर्घटनामा सात जना घाइते भएका थिए ।

त्यसैगरी सल्यानमा दुई सवारी दुर्घटनामा १६ जना घाइते भएका थिए भने जाजरकोट, रुकुमपश्चिम, जुम्ला र कालीकोटमा एक÷एक सवारी दुर्घटना हुँदा, दुई जनाको मृत्यु भएको तथ्याङ्क रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए ।

चाडपर्वका बेलामा चालकले मादक पदार्थ सेवन (मापसे) को प्रयोग गर्ने, क्षमताभन्दा धेरै यात्रु राख्नेलगायतका कारण दुर्घटना बढेको श्रेष्ठले बताए । दुर्घटना न्यूनीकरणका लागि प्रहरीले आफ्नोतर्फबाट भरमग्दुर प्रयास गर्दै आएको भन्दै उनले प्रहरीले मात्रै प्रयास गरेर नहुने बताए ।

उनले भने, ‘प्रहरीले आफ्नोतर्फबाट दुर्घटना न्यूनीकरण गर्न धेरै प्रयास गरेको छ, तर हाम्रो प्रयासले मात्रै केही हुँदैन । यसमा सबै पक्षको उत्तिकै भूमिका हुन्छ, अनि मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ७ : १२ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले