ब्याडमिन्टनको उपाधि भट्ट र खत्रीको जोडीलाई « Khabarhub

ब्याडमिन्टनको उपाधि भट्ट र खत्रीको जोडीलाई


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगरमा जारी जिल्ला स्तरीय पुरुष खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि महेशप्रसाद भट्ट र दिपक खत्रीको जोडीले जितेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा राजेन्द्र थापा र टङ्कप्रसाद भट्टको जोडीलाई सोझो सेटमा पराजित गर्दै भट्ट र खत्रीको जोडी विजयी भएको हो ।

कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा उपाधि विजेता टोलीले रु २१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो  । विजेता खेलाडीलाई जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पुरस्कृत गरेका थिए ।

यसैगरी उपविजेता थापा र भट्टको जोडीले रु ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिता संयोजक शेरबहादुर सिंहका अनुसार प्रतियोगितामा सिनियर र जुनियर ‘बी’ गरी छुट्टाछुट्टै खेल आयोजना गरिएको थियो । सिनियरतर्फ लोकेन्द्रसिंह ठगुन्ना र विवेक ऐर तथा रामचन्द्र रेग्मी र मोहन साउँदको जोडी तृतीय भयो । उनीहरूले रु पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

जुनियर ‘बी’तर्फको उपाधि कुवेर खड्का र लोकेन्द्रसिंह ऐरको जोडीले जितेको छ । फाइनलमा कमल रोकाया र शिवलाल चौधरीको जोडीलाई पराजित गर्दै खड्का र ऐरको जोडीले उपाधि जितेको हो । उनीहरूले रु  १० हजार प्राप्त गरे । उपविजेता रोकाया र चौधरीको जोडीले रु पाँच हजार पुरस्कार प्राप्त गर्‍यो ।

यस्तै जुनियर ‘बी’तर्फ सुरेन्द्र ओझा र हरिप्रसाद भट्ट तथा किशोर जैरु र दिपक कुवँरको जोडीले तृतीय स्थान हासिल ग¥यो । उनीहरुलाई रु एक हजार पाँच सय नगद, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरियो । समापन समारोहमा समन्वय समितिका प्रमुख दुर्गा बोहरा, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँर, नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष हरकसिंह धामी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्का, कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घका संस्थापक अध्यक्ष क्षत्रज्ञनारायाण खत्रीलगायत सहभागी थिए । बडादसैँ र दीपावलीको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा जिल्लाभरबाट ५० टोली सहभागी थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १ : १९ बजे

बालबालिकाको सुरक्षा विवादबीच न्यू मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी

एजेन्सी– अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)को सचिवालय बैठक आइतबारका लागि बोलाइएको

सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका युवा समाजसेवी अम्मर विष्टले यहाँका दुईवटा

इरान–युद्धको असरले साउदीमा मदिरा आपूर्तिमा कमी

रियाद– इरानसँग जारी तनाव र युद्धको प्रभाव साउदी अरबसम्म पुगेपछि