लमजुङ दरबारको आकर्षण यशोब्रह्मकाे शालिक « Khabarhub

लमजुङ दरबारको आकर्षण यशोब्रह्मकाे शालिक


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको गाउँसहर दरबारमा स्थापना गरिएको राजा यशोब्रह्म शाहको शालिकले दरबारको रौनक थपिदिएको छ ।  शाह वंशिय राजाहरूको पहिलो दरबार भनिएपनि भवन भन्दा बाहेक केहि नभएको दरबार परिसरमा पहिलो राजा यशोब्रह्म शाहको शालिक बनेपछि दरबारको आकर्षण पनि बढेको छ ।

नेपाल एकीकरणअघि शाहवंशीय राजाहरूको उद्गमस्थल लमजुङको गाउँसहर दरबारमा अहिले आन्तरिक पर्यटकहरु आउन थालेका छन् । दरबार परिसरमा राजा यशोब्रह्म शाहको शालिक निर्माण भएपछि दरबारको रौनकता थपिएको भन्दै पर्यटकहरू आउन थालेका हुन् । राजा यशोब्रह्म शाहको शालिकले इतिहासलाई जीवन्त बनाएको आन्तरिक पर्यटक भीष्मराज बरालले बताए ।

‘इतिहास कहिल्यै मेटिँदैन । दरबारसँगै बनेको राजाको शालिकले पुरानो इतिहासलाई जीवित बनाएको अनुभव भयो,’ उनले भने । गाउँशहर दरबारमा १६ औ शताब्दीमा निर्माण गरिएका पुरानो संरचना भएर पनि इतिहास जीवन्त पार्ने सम्पदा नहुँदा गाउँशहर दरबार ओझेलमा पर्दै आएको थियो ।

 नेपाली सेनाका पुर्न प्रधान सेनापति पूर्णचन्द्र थापाको पहलमा लमजुङस्थित श्रीजङ गणले १० लाखभन्दा बढी लागतमा यशोव्रम्हको शालिक निर्माण गरेको हो । शालिक निर्माण भएसँगै दरबार र तत्कालिन बाईसी–चौबिसी राज्यको इतिहास पढ्न सहज भएको अनुमान गरिएको छ । गाउँशहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरूको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्द्रसम्म आइपुग्यो । 

दरबारको हेरचाहका लागि सरकारले लमजुङ स्मारक तथा दरबार हेरचाह कार्यालय स्थापना गरेको छ । २०४८ सालतिर पुरातत्व विभागले मन्दिर तथा दरबारको पुनर्निर्माण गराएपछि त्यहाँको विकासका लागि थप काम हुन सकेको छैन । २०५४ सालमा लमजुङ दरबार क्षेत्र विकास गुरुयोजना बनाउने भनिए पनि गुरुयोजना तयार नहुँदै स्थानीय निकाय भंग भएपछि यस क्षेत्रको विकासक्रम रोकिएको थियो ।

गाउँशहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरूको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आइपुग्यो । शाह राजाहरूको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रशस्त सम्भावना भएपनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा ओझेलमा परेको छ ।

ऐतिहासिक लमजुङ दरबारसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य छन् । 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ४ : ४४ बजे

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा

कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले