लिङ्गे पिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने | Khabarhub Khabarhub

लिङ्गे पिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

कुश्मा– ‘कस्तो आङ्नै जिरिङ् भो । दसैँमा एकपटक भूँइ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो बाई ।’, बञ्जी परिसरमा रहेको गुलेली पिङमा मच्चिएर आतिदै ओर्लिएकी कुश्मा बजारकी शर्मिला श्रेष्ठले भने, ‘बच्चा हुँदा बजारको टोल-टोलमा पिङ हालिन्थ्यो । सबै ठाउँमा पालो लगाएर खेल्न जान्थ्यौँ तर अहिले पिङ हाल्ने जागर कसैले चलाउँदैनन् ।’ 

‘हाम्रो दसैँमा टीका छैन । आज कुश्मा बसेर भोलि बिहान मुस्ताङ हिँड्छौँ ।’, श्रीमतीसहित हार्नेस् जिपलाइनको ज्वाइन्ट पिङ खेल्ने तयारीमा बस्नु भएका ललितपुरका राकेश मानन्धरले भने, ‘हाम्रोमा त्यो बाबियोको पिङ देख्न छाडेको त धेरै वर्ष पो भएछ । हामी चाहीँ लिङ्गे पिङको मज्जा अब यही पिङमा लिन जाँदैछौँ । हल्का डर लागिरहेको छ ।’  

पर्वतमा द क्लिफ प्रालिले बञ्जीसँगै गुलेली पिङ पनि सञ्चालन गर्दै आएको छ । बञ्जी गर्न डर मान्ने र थोरै पैसामा कालीगण्डकी नदीलाई उचाइबाट रोमाञ्चित तरिकाले नियाल्न चाहनेको रोजाइँमा गुलेली पिङ पर्ने गरेको छ । अर्को हार्नेस जिपलाइन परिसरमा रहेको दुईजना साथमै खेल्न सकिने ज्वाइनट पिङमा पनि मान्छेले पिङको मज्जा लिइरहेका छन् ।

‘मान्छेको भीड बढेको छ । विभिन्न ठाउँबाट दसैँ मनाउन गाउँ आएका एकपटक कुश्मा घुम्न जाउँ साहसिक खेलको मज्जा लिऔँ भन्ने देखिएको छ ।’, हार्नेस जिपलाइनका सञ्चालक नरेन्द्र केसीले भने, ‘दसैँ भएर पनि होला पिङ खेल्ने धेरै हुनुहुन्छ ।’ 

दसैँ अघिसम्म सुस्ताएको पर्यटन व्यवसाय घटस्थापनाको दिनदेखि चहलपहल बढ्दै गएको द क्लिफका सञ्चालक नेत्र पराजुलीले बताए । ‘दसैँमा एकपटक भए पनि भुँई छाड्नुपर्छ भनेर पनि हुनसक्छ बञ्जी, स्वीङ, पिङ, स्काइ क्याफे, साइकलिङ गर्ने बढ्नुभएको छ ।’, उनले भने। 

केही वर्ष अघिसम्म पनि कुश्माका ठाउँठाउँमा बाँसका चारवटा लिङ्गा गाडेर बाबियोको लठारो बाटेर पिङ हाल्ने गरिन्थ्यो । पछिल्लो समय बढ्दो सहरीकरण र आधुनिकताले पिङ संस्कृतिको महत्वलाई घटाएको पाका पुस्ताको बुझाइ छ । 

‘पिङ हाल्ने ठाउँ सबै घरले भरिएका छन् । हामी बुढेसकाल लाग्यौँ भर्खरका केटा मोबाइलमा भुलेका छन् । दसैँं त बिर्सन लाका छन् अब पिङको के कुरा गर्नु र, खै ।’, ८२ वर्षका खडान्नड पौडेलले भने ।   

‘हाम्रो पालामा महिनौँदेखि दसैँको प्रतीक्षामा बस्थ्यौँ, राम्रा लुगा कहिले लाउन पाइएला, सेलरोटी मासु कहिले खाना पाइएला भनेर साथीभाइमा कुरा हुन्थ्यो ।’, नेपाली कांग्रेसका जिल्ला उपसभापति डा चूडामणि शर्माले भने, ‘एकहप्ता अघि चर्के पिङ, लठे पिङ टोलटोलमा हालेर एकअर्काबीच कसको पिङ राम्रो र कहाँ बढी मान्छे जम्मा भए भनेर प्रतिस्पर्धा नै हुने गथ्र्यो ।’

लोप हुँदै गएको लिङ्गे पिङ सहरबाट लगभग विस्थापित भइसकेको छ । युवा पनि रोजगार र अध्ययनका लागि विदेश र सहर पसेका छन् । गाउँमा युवा पाउन मुस्किल भएको छ । ‘मनोरञ्जनका विभिन्न साधन र माध्यम छन् पिङ खेलेर मनोरञ्जन लिनुपर्छ भन्ने कुरा युवाले मान्न छाडिसके, उनीहरुमा पिङ संस्कृतिलाई निरन्तरता दिनुपर्छ भन्ने सोँच पनि देखिँदैन ।’, फलेवास नगरपालिकका प्रवक्ता अच्युत तिवारीले भने । 

‘पिङका लागि आवश्यक बाँस, काठ आदि सामग्री खोज्न झन्झटिलो, पट्यार लाग्दो हुने र समूहमा काम गर्नुपर्ने हुँदा मुस्किल हुन्छ ।’, कुश्माका युवा अमृतप्रसाद पौडेलले भने, ‘आफ्नो चल्दै आएको परम्परा र संस्कृतिलाई निरन्तरता दिन मन नभएको कहाँ हो र रु धेरै साथी विदेश छन् कोही सहरतिर, उही हतारहतार दसैँमा आउँछन्, गाउँमा आएपछि जुवा र खानपिनमै रमाउने भएपछि उनीहरूलाई पिङ किन चाहियो ?’ 

–सुमनजङग थापा रासस

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ५ : २० बजे

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते