दक्षिण अफ्रिकाविरुद्ध भारतलाई शृंखला « Khabarhub

दक्षिण अफ्रिकाविरुद्ध भारतलाई शृंखला


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-२० शृंखला एक खेल अगावै २-० ले जितेको छ।

आइतबार राति भारतले १६ रनको जित निकाल्यो। २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रनमा समेटियो।

दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित १ सय ६ रन बनाए। क्विन्टन डी ककले अविजित ६९ रन बनाए। भारतका अर्शदिप सिंहले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो। भारतका सूर्यकुमार यादवले ६१ रन बनाए।

यस्तै, केएल राहुलले ५७ रन, विराट कोहलीले अविजित ४९ रन, कप्तान रोहित शर्माले ४३ रनको योगदान गरे। दक्षिण अफ्रीकाका केशव महाराजले २ विकेट लिए।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ८ : १७ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका