गाउँ-गाउँमा दसैँको उल्लास « Khabarhub

गाउँ-गाउँमा दसैँको उल्लास


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– रोजगारीको कारण गाउँ छोडेर सहर पसेकाहरू चाडपर्व मनाउन फर्केपछि गाउँ-गाउँमा दसैँको उल्लास छाएको छ । यतिबेला सहर सुनसान छन् भने गाउँमा दसैँको रौनकता छाएको छ । चाडपर्वमा बिदा पाउने भएपछि दसैँमा घर फर्किनेको सङ्ख्या उल्लेख्य छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूरलगतयत दसैँमा घर फर्किन्छन् । 

राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने भएकाले पनि दसैँमा गाउँ फर्किनको सङ्ख्या उल्लेख्य हुन्छ । दसैँमा मान्यजनबाट टीका जमरा ग्रहण गरी आशीर्वाद लिन गाउँ फर्किने गरेको सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक उमाकान्त जोशीले बताए ।

‘दसैँको बेला सहर सुनसान छन्, गाउँमा रमाइलो छ’, उनले भने, ‘अरु बेलाभन्दा दसैँमा घर फर्किनु अनिर्वाय जस्तै भइसकेको छ, यो बेला गाउँमा उल्लास छाउँछ ।’ तराइमा बसोबास गर्ने अधिकांश व्यक्ति पहाड उक्लिने गरेका छन् । ‘पहाडबाट तराइमा बसाइ सर्नेहरु कुल पुजा गर्न हरेक वर्ष दसैँमा जन्मथलो फर्किन्छन’, जोशीले भने, ‘यसले पनि दसैँको बेला सहर सुनसान हुन्छन् ।’

कतै खेलकुद प्रतियोगिता त कतै गीत सङ्गीतले गाउँ गुञ्जायमान छन् । रोजगारी र पढ्न गएकाहरू फर्किए पछि गाउँको माहोल रमाइलो बनेको छ । कतिपय गाउँमा मठ मन्दिरमा सामुहिकरुपमा जमरा राख्ने चलन छ । ‘कै पटक भेला हुँदा गाउँमा रौनकता छाएको छ’, कञ्चनपुरको सुडाका गोपाल मिश्रले भने। घटस्थापनादेखि दशैँसम्म गाउँका मन्दिरमा हुने पूजा र जात्राले रौनक बेग्लै हुने उनले बताए । 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ४ : ०१ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष