कोसी कटानमा ३३ बोकाको बलि « Khabarhub

कोसी कटानमा ३३ बोकाको बलि


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोसी कटानमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा ३३ वटा बोकाको बलि दिइएको छ । 

बडादसैँको महानवमीका दिन त्यहा निर्माण गरिएको काली तथा दुर्गा मन्दिरमा ३३ वटा बोका र दुईवटा राँगाको बलि दिइएको मेला समितिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिए । स्थानीयवासी तथा भक्तजनले गरेको भाकल पूरा भएकाले बलि दिएको बताइएको छ । यसैबीच बडादसैँको अवसरमा सुनसरीको विभिन्न ठाउँमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा पनि मेला लागेको छ । 

सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाट, इनरुवा ९ बवीया, कोसी कटान, कोसी गाउँपालिका–६ श्रीपुरजब्दी, हरिपुर, भण्टावारी, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर, देवानगञ्ज गाउँपालिकालगायत क्षेत्रमा निर्माण गरिएको मन्दिरमा पूजा गर्न भक्तजनको भीड लागेको थियो ।

मेला लागेको ठाउँमा राति सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको मेला आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ८ : २३ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान