बर्थिङ सेन्टर बन्द, महिला र शिशुको ज्यान जोखिममा « Khabarhub

बर्थिङ सेन्टर बन्द, महिला र शिशुको ज्यान जोखिममा


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लहान– बुधबार दसैँको टीकाको दिन बिहान ९ बजे सञ्जिरा साहलाई प्रसव व्यथा लाग्यो । सुरक्षित प्रसूतिका लागि उनकी सासू अनोधैन साहले सञ्जिरालाई गोलबजार स्वास्थ्य चौकी परिसरमा रहेको बर्थिङ से

गोलबजारको बर्थिङ सेन्टरको ढोका बन्द थियो । सेवाग्राहीका रुपमा आएकी अनोधैनले ढोका ढक्ढक्याइन् । निकै बेरपछि ढोका त खुल्यो । तर ढोका खोल्ने व्यक्ति स्वास्थ्यकर्मी नभएर सरसफाइकर्मी थिए । सबै स्वास्थ्यकर्मी बिदामा बसेकाले फोन गरेर बोलाउन उनले सञ्जिरालाई आश्वासन दिए । 

स्वास्थ्यकर्मीलाई पालैपालो गरेर फोन गरे पनि बर्थिङ सेन्टरमा आउन कोही पनि तयार भएनन् । सञ्जिराको अवस्था नाजुक हुँदै गएको जानकारी दिएपछि स्वास्थ्यकर्मीले उनलाई अन्यत्र लैजान फोनबाट सुझाव दिएको सञ्जिराकी सासू अनोधैनले बताए। उनले एम्बुलेन्समा  बुहारीलाई प्रादेशिक अस्पताल लहान लगिन्। लहान अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा सञ्जिराले सुरक्षित रुपमा बच्चा जन्माइन् ।

‘स्वास्थ्यकर्मीले ढिलो गरी ल्याएकामा मलाई हप्काए, केही बेर ढिलो गरेको भए अनिष्ट हुनेथियो’, सासू अनोधैनले भनिन् । मातृ शिशु मृत्युदर घटाउन राज्यले हरेक प्रयत्न गरिरहेको छ  । प्रसूति गराउन स्वास्थ्य संस्थामा नै जानु पर्दछ भनेर चेतना फैलाउने गरिएको छ । तर गोलबजार बर्थिङ सेन्टरमा पुगेका सुत्केरीले त्यसको अनुभूति गर्न पाएका छ्रैनन् । 

गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुनु गम्भीर लापरबाही भएको बताए । दोषी कर्मचारीउपर दसैँ बिदापछि कारबाही गरिने उनको भनाइ छ । 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १ : ३४ बजे

होलीमा उच्छृशृङ्खलता निषेध, निर्वाचन सुरक्षामा प्रशासनको कडाइ

कञ्चनपुर – असान्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता पूर्ण रूपमा पालना

पाल्पामा निर्वाचनको तयारी : सामग्री प्याकिङदेखि मतदान केन्द्र सुरक्षाको नमूना अभ्याससम्म

पाल्पा – आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको

विश्वप्रकाशको दाबी : निर्वाचनमा जनताले कांग्रेसलाई पहिलो पार्टी बनाउँछन्

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको

एपिएफले जित्यो राष्ट्रिय महिला फुबटल प्रतियोगिताको उपाधि

उदयपुर – जिल्लाको गाईघाटस्थित थरुहट रङ्गशाला मैदानमा भएको राष्ट्रिय महिला

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढ्न थाल्यो

मुस्ताङ – चिसो घटेसँगै यहाँस्थित मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको