अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने « Khabarhub

अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ मानेभञ्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी कात्तिक १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका आठ क्लबको सहभागिता हुने आयोजकले जनाएको छ ।

 आज सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै आयोजक एडभान्स क्लब मानेभञ्ज्याङका अध्यक्ष ईश्वर घिमिरेले पूर्वी पहाडी जिल्लाको महत्वपूर्ण प्रतियोगिता रहेको र खेल क्षेत्रमा छुट्टै पहिचान बनाउन सङ्खुवासभा जिल्लामा ठूलो खेल महोत्सवका रूपमा गोल्ड कप प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिए ।

सामाजिक सद्भावका लागि युवा एकता, विकृति विसङ्गतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता भन्ने मूल नाराका साथ मानेभञ्ज्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड प्रतियोगिता हुने भएको हो । पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष घिमिरेले अन्तर्राष्ट्रिय आमन्त्रण गरी सञ्चालन गर्न लागिएको गोल्डकप प्रतियोगितामा एभिनियर फुटबल क्लब क्यामरुन, आमुक्त फुटबल परिवार वेष्ट बङ्गाल भारत, भोजपुर, धनकुटालगायत जिल्लाका क्लबको सहभागिता रहने जानकारी दिए ।

विजयी टिमलाई तीन लाख, कप। मेडलले सम्मान गरिने छ भने उपविजेतालाई दुई लाखसहित कप मेडलले सम्मान गरिने प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ । 

फुटबल प्रतियोगितामा करिब रु ३७ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । एडभान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावासीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : १२ बजे

एलओडीमा ‘एनपीएल नाइट’ हुँदै

काठमाडौं- ठमेलको एलओडी क्लबमा शनिबार राति ‘एनपीएल नाइट’ हुने भएको

एनपीएलको फाइनलमा लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेलमा लुम्बिनी लायन्सका कप्तान

एमालेको भृकुटीमण्डपमा ७ बजेदेखि बन्दसत्र

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आइतबार बिहान

देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्छ : झलनाथ खनाल

काँक्रेविहार– नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ उन्मुख

कोलकाताको रंगशालामा मेसी १० मिनेट बस्न सकेनन्, एक झलक हेर्न नपाएका दर्शकको तोडफोड र उपद्रो, मुख्यमन्त्रीले मागिन् माफी

नयाँदिल्ली- फुटबल लिजेन्ड लियोनेल मेसीको कोलकाता भ्रमण गम्भीर अव्यवस्थामा परिणत