सिद्धनाथ मन्दिरमा दशैँमा बीस हजार दर्शनार्थी « Khabarhub

सिद्धनाथ मन्दिरमा दशैँमा बीस हजार दर्शनार्थी


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ मन्दिरमा नवरात्रको अवधिमा बीस हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । नवरात्र, गङ्गा दशहरा, पूर्णागिरि मेलामा सिद्धनाथ मन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्दछ ।

नवरात्रमा दैनिक दुई हजारको हाराहारीमा भारतीय तीर्थयात्रीले भगवान् सिद्धनाथको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले बताए। सिद्धनाथ बाबाको दर्शनका लागि पुग्नेमा अधिकांश भारतीय दर्शनार्थी रहेका छन् ।

‘गएको दुई वर्ष कोरोना महामारीका कारण मन्दिरमा दर्शनार्थी पुग्न सकेका थिएनन्’, उनले भने, ‘कुनै आम्दानी भएन तर कोरोनाको सङ्क्रमण घटेसँगै भारतीय दर्शनार्थी आउन थालेपछि मन्दिरको आम्दानी पहिलेझै हुन थालेको छ । यस वर्ष मन्दिरको आम्दानी रु ७० लाखदेखि रु ८० लाखसम्म पुग्ने अनुमान गरिएको छ ।’

‘कोरोनाको सङ्क्रमण घटेसँगै मन्दिरको स्वामित्वमा रहेका ६५ वटा पसलको भाडा उठन थालेको छ’, अध्यक्ष महताले भने, ‘प्रसादको ठेक्का मात्रै रु ५० लाख भन्दाबढी गएको छ, केही रकम मन्दिमा चढाइने भेटीबाट उठ्छ ।’ भारतीय व्यापारीहरुले सीमा क्षेत्र नजिकै बसेर प्रसाद बेच्न थालेपछि प्रसादको ठेक्का लगाउने कार्यमा केही असजिलो हुन थालेको उनको भनाइ थियो ।

सङ्कलित रकममध्ये ५० प्रतिशत मन्दिरका भौतिक संरचना निर्माण, मर्मतसम्भार र कर्मचारीको तलबमा खर्च हुने गरेको छ । नगरपालिकासँग समन्वय गरी सडकलगायत पूर्वाधार विकासमा मन्दिर व्यवस्थापन समितिले रकम लगानी गर्दै आएको छ । सिद्धनाथ माध्यमिक विद्यालयका निजी स्रोतका शिक्षकको तलवका लागि केही रकम मन्दिरकै आम्दानीबाटै दिने गरिएको छ । मन्दिर परिसरमा धर्मशाला, सुलभ शौचालय, यज्ञशाला, मन्दिरलगायत संरचना निर्माण गरिएका छन् । निर्माण गरिएका संरचना मन्दिरकै आम्दानीबाट बनाइएका हुन् ।

भारतमा रहेको पूर्णागिरि माताको दर्शन गरेपछि सिद्धनाथ बाबाको दर्शन गर्नुपर्ने धार्मिक मान्यताका कारण भारतीय दर्शनार्थी प्रतिवर्ष पुग्ने गरेको ब्रह्मदेवका बासिन्दा खेमराज पनेरुले बताए । ‘सिद्धनाथ बाबाको दर्शन गरे सबै मनोकामना पूरा हुने विश्वास छ’, उनले भने, ‘त्यै भएर भारतीय दर्शनार्थीको यस मन्दिरमा भीड लाग्ने गरेको छ ।’

मन्दिर परिसरमा ठूलो पीपलको रुख छ । त्यसै रुख रहेको क्षेत्रमै प्राचीन सिद्धनाथ बाबाको मन्दिर रहेको छ । मन्दिर रहेकै स्थानमा ब्रह्मदेव बजार रहेको छ । बजारका मुख्य ग्राहक भारतीय हुने गरेका छन् । उक्त बजारमा भारतीय रुपैयाँमै कारोबार हुने गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ४२ बजे

महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भिड

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा

स्वास्थ्य बीमामा डिजिटल फड्को : खर्च विवरण अब मोबाइलमै

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितहरूको सहजता, पारदर्शिता र सूचनामा पहुँच

नाइजेरियामा बस-ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

अबुजा– नाइजेरियाको दक्षिण पूर्वी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस र

आठ वर्षपछि निर्देशनमा फर्किँदै रेखा; फिल्ममा दुई मिस नेपाल र नीति

काठमाडौं – नायिका रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किने भएकी

नेमकिपाको घोषणा पत्र : ठूला भ्रष्टाचारीलाई ज्यान सजायको कानुनी व्यवस्थाका लागि संघर्ष गर्ने

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि