मनोनयनपत्र दर्तामा कठिनाइ भए आयोगले सहजीकरण गरिदिने | Khabarhub Khabarhub

मनोनयनपत्र दर्तामा कठिनाइ भए आयोगले सहजीकरण गरिदिने


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र दर्ताका लागि हालैका दिनमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ हुने हकमा आवश्यक सहजीकरण गर्ने भएको छ ।

त्यस्तो घटना भएका स्थानमा लागि  आवश्यक कागजात असोज २३ गते बिहान १० बजेभित्रमा यस आयोगको कार्यालय, कान्तिपथ, काठमाडौँमा प्राप्त भएमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइ आवश्यक सहजीकरण गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । 

सोका लागि उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा, स्वघोषणा, दलको उम्मेदवारको हकमा दफा १९ बमोजिमको औपचारिकपत्र, दफा २० बमोजिम धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर, उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम, र उम्मेदवारको वैयक्तिक विवरण आयोगलाई बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : २६ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि