किन बढ्यो काठमाडौँमा चिसो ? « Khabarhub

किन बढ्यो काठमाडौँमा चिसो ?


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ ।

त्यसो त, नेपालमा मनसुन जारी छ । यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिए पनि बङ्गालको खाडी आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले मनसुन सकिने अवस्थामा प्रभाव पर्‍यो । जसका कारण मनसुन झन्डै दुई साता ढिला गरी बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आखिर किन चाँडै चिसो बढ्यो त ! महाशाखाका मौसमविद् हिरा भट्टराई भन्छन्, “जाडो सुरु भएको छैन अहिलेको विकसित मौसमी प्रणालीले काठमाडौँमा केही चिसो महसुस गरिएको छ । घाम खुलेर लागेपछि ब्यालेन्समा आउँछ तापक्रम ।”

उक्त मौसमी प्रणालीका कारण एक सातादेखि देशभर बदली र वर्षा गराएको छ । दुई दिनयता मनसुन देशको पश्चिमी क्षेत्रमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । ती प्रदेशका केही स्थानमा भारी वर्षा पनि मापन गरिएको छ ।

पछिल्ला दिनमा निरन्तरको वर्षाका कारण काठमाडौँमा केही चिसो महसुस गरिएको मौसमविद् भट्टराईले बताए। उनले भने, “बदली र वर्षाका कारण घाम नलागेकाले चिसो बढेको देखिन्छ तर अहिले जाडो याम सुरु भएको होइन । लगातारको वर्षाले खुलेर घाम नलागेकाले पनि चिसो बढेको हो ।”

मनसुन सकिएर ‘पोष्ट मनसुन’को समयपछि सामान्यतया जाडो सुरु हुन्छ । अहिले मनसुन सकिने क्रममा छ । नेपालमा नोभेम्बर, डिसेम्बर र जनवरी तीन महिना जाडो याम मानिन्छ । “जाडो सुरु भइसकेको अवस्था हैन, दुई तीन दिन ठूलो पानी पर्‍यो। पानी परेपछि तापक्रम तल झर्छ । सूर्यको किरण नपरेर पानी मात्रै आइराख्दा तापक्रम घट्छ । आजदेखि घाम लाग्न थालेको छ । घाम लाग्दा पनि तापक्रम बढेन भने बल्ल जाडो बढेको भन्न मिल्छ ।

काठमाडौँमा अधिकतम तापक्रम ३१ देखि ३४ डिग्रीसम्म पुगेको थियो । पछिल्लो वर्षाले एक्कासि अधिकतम र न्यूनता तापक्रम घटेकाले चिसो बढेको जनाइन्छ । विगत तीन दिनयता काठमाडौँका न्यूनतम १७ र अधिकतम २६ डिग्री सेल्सियस हाराहारी रहेको छ ।

यद्यपि, आज बिहानैदेखि काठमाडौँमा घाम लागेकाले तापक्रम बढेर न्यानो हुने अनुमान गरिएको छ । केही दिनयतादेखि काठमाडौँमा बिहान र बेलुका बढी चिसो महसुस गरिएको छ ।

यी क्षेत्रमा वर्षा भइरहेको छ
हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण बदली र वर्षा गराएको महाशाखाले जनाएको छ । मौसमविद् भट्टराईका अनुसार अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।

दाङमा पछिल्लो एक घण्टामा २५ मिलिमिटर वर्षा भएको छ । बर्दियाको राजापुरलगायत क्षेत्रमा वर्षा भइरहेको छ । त्यहाँ १६ मिलिमिटर वर्षा मापन गरिएको छ । कर्णाली प्रदेशको अछाम, सुर्खेतलगायत स्थानमा वर्षा भइरहेको हो ।

त्यस्तै अहिले गण्डकी प्रदेशका पूर्वी भेग र प्रदेश १ को विराटनगरमा सामान्य मौसम बदली रहेको छ । बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ३ : ४५ बजे

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को