सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी | Khabarhub Khabarhub

सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत) को उम्मेदवारी परेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ ।

यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् । यादव संविधानसभा २०७४ को चुनावमा सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए भने राउतको यो पहिलो प्रतिस्पर्धा हुनेछ ।

राउत गठबन्धनबिना नै चुनाव लड्दै छन् भने यादवले एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका हुन् । सप्तरी-२ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : ५१ बजे

शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली

दमौली– तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा

देशभर साधारणतया बदली हुने, एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित

नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’

भोजपुर– हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी

दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व

काठमाडौं– गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा

एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने 

काठमाडौं– नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै छ