काठमाडौँ-४ मा महामन्त्री थापाको उम्मेदवारी दर्ता « Khabarhub

काठमाडौँ-४ मा महामन्त्री थापाको उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पार्टीको नेतृत्व तहमा रहेकाले काठमाडौँ क्षेत्र नम्बर ४ को विकासका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन क्षेत्रका नियमित दायित्वका विषयसँगै सरकार तथा पार्टीको मूल नेतृत्व दाबी गर्ने समय आफ्नो लागि आएको उनले बताए । उनले जोस र आवश्यक अनुभव भएकाले मूल नेतृत्वमा दाबी रहेको समेत बताए। उन्ली २०७० र २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएको उल्लेख गर्दै थापाले काठमाडौँ क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएकाले अन्त नगएको बताए। आफूमाथि विश्वास र भरोसा गरेर उम्मेदवार सिफारिस गरेको भन्दै उनले सप्तरी क्षेत्र नम्बर १, कास्की क्षेत्र नम्बर १ र सर्लाही क्षेत्र नम्बर ४ का पार्टी कमिटीलाई धन्यवाद दिए।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : ४४ बजे

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१