रसुवाबाट प्रतिनिधि र प्रदेशसभाका लागि २९ जनाको मनोनयन दर्ता « Khabarhub

रसुवाबाट प्रतिनिधि र प्रदेशसभाका लागि २९ जनाको मनोनयन दर्ता


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रसुवा – आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रसुवाबाट २९ जना उम्मेदवारले मनोनयपत्र दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरणअनुसार एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभाका लागि ११ र दुई प्रदेशसभाका लागि नौ–नौ जना उम्मेदवारले आ–आफ्नो मनोनयन पत्र दाखिला गरेका हुन् । प्रतिनिधिसभाका लागि तीन स्वतन्त्र र आठ राजनीतिक दल, प्रदेशसभा तर्फको (क) र (ख)मा एक–एक स्वतन्त्रसहित आठ–आठ वटा  राजनीतिक दलका प्रतिनिधिले मनोनयन पत्र दर्ता गरेका हुन् ।

प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मोहन आचार्य, नेकपा (एमाले)को तर्फबाट छोवाङ तेन्जिङ तामाङसहित  नेकपा (एकीकृत समाजवादी)  मङ्गोल नेशनल अर्गनाइजेशन, नेमकिपा, जनसमाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र तामसालिङ लोकतान्त्रिक पार्टीका उम्मेदवारले समेत दर्ता गराएका छन्। लीलाबहादुर न्यौपाने, रामशरण पौडेल र कर्सावाङ्दी तामाङले स्वतन्त्र उमेदवारी दिएका छन् ।

जिल्लाको प्रदेशसभा (क) बाट गठबन्धन तर्फबाट कांग्रेसका प्रभात लामा, एमालेका कुलप्रसाद भट्ट, एकीकृत समाजवादीका सनथ देवकोटालगायत  राप्रपा, नेमकिपा, तामसालिङ लोकतान्त्रिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादीसमेतले मनोनयन दर्ता गराएका छन् ।

यस्तै प्रदेशसभा (ख)मा गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे, एमालेका तेम्व्रेल तामाङ, एकीकृत समाजवादीका रामप्रसाद न्यौपाने, कांग्रेस (बीपी)को तर्फबाट शारदाकुमार न्यौपानेलगायत राप्रपा, तामसालिङ लोकतान्त्रिक, मङ्गोल अर्गनाइजेशन, नेमकिपासमेतले मनोनयन दर्ता गराएको बताइएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : १८ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु