सिन्धुपाल्चोक २ बाट शेरबहादुर र मोहन बस्रेत भिड्दै, अरु क-कसले दिए उम्मेदवारी? | Khabarhub Khabarhub

सिन्धुपाल्चोक २ बाट शेरबहादुर र मोहन बस्रेत भिड्दै, अरु क-कसले दिए उम्मेदवारी?


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ३३ जनाले उम्मेदवारी दिएका छन् । विभिन्न दल र स्वतन्त्रसमेत गरी प्रतिनिधिसभा क्षेत्र नं १ मा १४ र प्रतिनिधिसभा क्षेत्र नं २ मा १४ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधिसभा क्षेत्र नं १ मा तीन र प्रतिनिधिसभा क्षेत्र नं २ मा तीन गरी छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रदेशसभातर्फ भने ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए । प्रदेशसभा-१ (क)मा नौ, प्रदेशसभा-१ (ख) मा छ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये प्रदेशसभा (ख) मा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय चौताराका सूचना अधिकारी राजकुमार चौधरीले जानकारी दिए । प्रदेशसभा-२ (क) मा नौ र (ख) मा नौ जनाको उम्मेदवारी परेको हो । तीमध्ये (क)मा दुई र (ख) एक गरी तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ तर्फ
सरेश नेपाल- नेकपा (एमाले)
माधव सापकोटा- नेकपा (माओवादी केन्द्र)
दिनेश श्रेष्ठ- राष्ट्रिय स्वतन्त्र पार्टी
दावा लामा- मङ्गोल नेशनल अर्गनाइजेशन
वीरबहादुर तामाङ- राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल
रामकुमार जिसी- स्वतन्त्र
मुकुन्द श्रेष्ठ- स्वतन्त्र
विष्णुप्रसाद पौडेल- स्वतन्त्र
सोमनोर्बु शेर्पा-आमूल परिवर्तन मसिहा पार्टी नेपाल
डिबीसिंह लामा- जनता समाजवादी पार्टी नेपाल
कृष्णबहादुर ठकुरी- नेकपा (माले)
नारायण पाण्डे- राष्ट्रिय प्रजातन्त्र पार्टी
हरिलक्ष्मी दनेखू- नेपाल मजदुर किसान पार्टी
ग्याल्जेन शेर्पा-सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् ।

प्रदेशसभा-१ (क)तर्फ 
आशिष लामा (तामाङ)- तामाङ सालिङ लोकतान्त्रिक पार्टी
सोमबहादुर लामा- मंगोल नेशनल अर्गनाइजेशन
युद्धविक्रम तामाङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
राजेश लामा- जनता समाजवादी पार्टी नेपाल
मसिना खड्का- नेपाली कांग्रेस
श्यामलाल शाक्य- नेमकिपा
निर्मला श्रेष्ठ- राप्रपा
कृष्णबहादुर तामाङ- नेकपा (माले)
टुल्कु लामा- सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

प्रदेशसभा (ख)तर्फ 
गोविन्ददास गुभाजु- मङ्गोल नेशनल अर्गनाइजेशन
होमनारायण श्रेष्ठ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
भक्तबहादुर भण्डारी- स्वतन्त्र,
सरल सहयात्री पौडेल- माओवादी केन्द्र
दीपक थापा- राप्रपा
फुर्पा दोर्जे लामा- सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

प्रतिनिधिसभा क्षेत्र नं २ तर्फ
शेरबहादुर तामाङ- एमाले
मोहनबहादुर बस्नेत- नेपाली कांग्रेस
ध्रुवप्रसाद पराजुली-मङ्गोल नेशनल अर्गनाइजेशन
कर्णवीर स्यांबु लामा -स्वतन्त्र
माया गुरुङ- राष्ट्रिय स्वतन्त्र पार्टी
बद्रीप्रसाद चौलागाईँ- स्वतन्त्र
श्यामबहादुर तामाङ- आमूल परिवर्तन मसिहा पार्टी नेपाल
मङ्गलसिं तामाङ- जनमत पार्टी
दिलीप विक- राप्रपा नेपाल
नरसिं श्रेष्ठ- राप्रपा
लक्ष्मीप्रसाद कुसी-नेपाल मजदुर किसान पार्टी
दावाछिरिङ शेर्पा- सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
यस्मिन ढुङ्गाना- स्वतन्त्र,
कविराज गिरी- नेकपा (माले)

प्रदेशसभा-२ (क) तर्फ 
जिमी लामा- स्वतन्त्र
अर्जुन तामाङ- मङ्गोल नेशनल अर्गनाइजेशन
अमानसिं तामाङ- एमाले
बाबुराम खड्का- राप्रपा
युवराज दुलाल- माओवादी केन्द्र
रत्नकाजी नायभारी- नेमकिपा
फडिन्द्रप्रसाद दाहाल- स्वतन्त्र
छिरिङवाङदी शेर्पा- सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
चेतनाथ गिरी- नेकपा (माले)

प्रदेशसभा-२ (ख)तर्फ
सुनजित तामाङ- मङ्गोल नेशनल अर्गनाइजेशन
ललितकुमार तामाङ- तामाङसालिङ लोकतान्त्रिक पार्टी
हस्तबहादुर पण्डित (क्षेत्री)- एमाले
कृष्णबहादुर तामाङ- जनता समाजवादी पार्टी
लालबहादुर तामाङ- जनमत पार्टी
गोविन्द गुरुङ- राप्रपा
कृष्णकुमार तामाङ- कांग्रेस
राजमती लवजु- नेमकिपा
योगेन्द्रराज सिग्देल- स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ११ : ३४ बजे

युक्रेनको सरकारी मुख्यालयमा क्षति

किएभ– युक्रेनको राजधानी कीभस्थित स्वतन्त्रता चौकनजिकै रहेको सरकारी भवनमा आगलागी

ललितपुर महानगरद्वारा अवैध संरचना भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण

निजामती सेवा दिवस : काठमाडौंमा प्रभात र्‍याली (तस्बिरहरू)

काठमाडौं– आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ

चेपाङ समुदायले आज न्वांगी पर्व मनाउँदै

चितवन– चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदै छन् ।

जलवायु परिवर्तनमा गम्भीर छैन सरकार

नेपाल भौगोलिक र जलवायु परिवर्तनका कारण विश्वकै उच्च प्रकोप जोखिमयुक्त