नेपाल समाजवादीका ६ जना माओवादीको चुनाव चिन्हमा लड्दै | Khabarhub Khabarhub

नेपाल समाजवादीका ६ जना माओवादीको चुनाव चिन्हमा लड्दै


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ । जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन् ।

नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हतौडा लिएर चुनावमा गएको छ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँड गर्दा नेपाल समाजवादी पार्टीलाई सात सिट छुट्याएको र त्यो माओवादी कोटामा परेको छ ।

माओवादीले गठबन्धनमा पाएको प्रतिनिधिसभाको सिटमध्ये दुई बाबुरामको पार्टीलाई दिएको छ । जसमा महीन्द्र राय यादव सर्लाही २ र मानुषी यमि भट्टराई काठमाडौं ७ बाट उम्मेदवार बनेकी छन् ।

यस्तै, माओवादीले प्रदेश सभाको चार सिट पनि उपलब्ध गराएको छ । प्रदेश सभाअन्तर्गत गंगानारायण श्रेष्ठ सिन्धुली २ (ख), फणीन्द्र देवकोटा गोरखा २ (क), चिनक कुर्मी नवलपरासी पश्चिम २ (क) र सुनिल साह सर्लाही २ (क) बाट उम्मेदवार बनेका छन् । यसपटक बाबुराम भने उम्मेदवार बनेका छैनन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : ५१ बजे

बिहार विधानसभा आफ्नो पक्षमा देखिएको मोदी दाबी

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं– निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको

छोरीको भिडियो देखाउँदै सुन्तली भन्छिन् : चार वर्ष बित्यो, अब आफ्नो पीडा लुकाइरहन सकेनौँ

काठमाडौं- चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण विवाद झन्