नवौँ राष्ट्रिय खेलकुदः नेपाली सेना शीर्ष स्थानमा « Khabarhub

नवौँ राष्ट्रिय खेलकुदः नेपाली सेना शीर्ष स्थानमा


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका केही खेल यही असोज २३ देखि पोखरामा सञ्चालन भइरहेका छन् । राष्ट्रिय खेलकुद औपचारिकरूपमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ । समय र पूर्वाधार अभावका कारण केही खेल प्रतियोगिता उद्घाटनअगावै सुरु भएका हुन् । पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै काठमाडौँमा सम्पन्न भइसकेको छ ।

पोखरामा नवौँअन्तर्गत अहिले महिला क्रिकेट, फेन्सिङ र महिला तथा पुरुष ह्याण्डबल खेल जारी छन् । हालसम्म सात स्वर्णसहित २७ पदकको छिनोफानो भएको छ । फेन्सिङमा छ स्वर्णसहित २४ पदकको टुङ्गो लागेको छ । नेपाली सेना हालसम्म पदक तालिकामा शीर्ष स्थानमा रहन सफल भएको छ । आर्मीले दुई स्वर्ण, चार रजत र छ कास्य गरी १२ पदक प्राप्त गरेको छ । लुम्बिनी प्रदेशमा तीन वर्षअघि सम्पन्न आठौँ राष्ट्रियमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो । आर्मीकी रमाकुमारी सिंह र इन्द्र पौडेलले फेन्सिङमा स्वर्ण प्राप्त गरेका छन् ।

यसैगरी बागमती प्रदेश दुई स्वर्ण र एक कास्यसहित तालिकाको द्वितीय स्थानमा छ । बागमतीका ओमकार सिंह र शिक्षा नापितले फेन्सिङमा स्वर्ण जिते । सशस्त्र प्रहरीको एपिएफ क्लब एक स्वर्ण, दुई रजत र पाँच कास्यसहित तेस्रो स्थानमा छ । एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङमा स्वर्ण जिते ।  

सुदूरपश्चिम प्रदेशका जलेन्द्रबहादुर शाहीले फेन्सिङमा स्वर्ण जितेका छन् । सुदूरपश्चिमले एक स्वर्ण र एक कास्य जितेको छ । नेपाल प्रहरीको पुलिस क्लबले पुरुष क्रिकेटमा स्वर्ण जितेको छ । आयोजक गण्डकी प्रदेशले हालसम्म एक कास्य पदक प्राप्त गरेको छ । कर्णाली, लुम्बिनी, मधेस, प्रदेश नं १ र एनआरएन हालसम्म पदकविहिन अवस्थामा छन् । राष्ट्रिय खेलकुदमा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र छ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि सात प्रदेश, तीन विभागीय टोली र एनआएरएनको टोलीबीच प्रतिस्पर्धा हुँदैछ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : ३५ बजे

विपिन र केकीको फिल्म ‘काजी’को गीत सार्वजनिक 

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

स्थानान्तरणबाट छुटेका सुकुम्वासीलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं– शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा

शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रवर्द्धनको प्रतीक्षामा सीता गुफा

गण्डकी– धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२

होल्डिङ सेन्टरका बालबालिकालाई विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

काठमाडौं– रास्वपाकी सांसद आशिका तामाङले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेल्टरमा आधारभूत