युवामा उत्साह, चिन्तामा शीर्ष नेता « Khabarhub

चुनावी चर्चा

युवामा उत्साह, चिन्तामा शीर्ष नेता


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि माहोल तातेको छ । नेताहरूले उम्मेद्वारी दर्ता गरेर चुनावी प्रचारप्रसार तीव्र पारेका छन् । विगत वर्षहरूमा यसपटक चुनावी माहोल केही फरक छ ।

त्यो फरकपन सबैभन्दा बढी शीर्ष नेताहरूमा छ । यसपटकको चुनावमा धेरै युवाहरू चुनावी मैदानमा छन् । राजनीतिमा सक्रिय नभएपनि स्वतन्त्र उम्मेद्वारी दर्ता गरेर युवाहरू राजनीतिक रुपमा चुनावी मैदानमा उत्रिएका हुन् ।

यसरी उत्रिनेमा कतिपय आफ्नै दलबाट टिकट नपाएर, चुनाव लड्ने उम्मेद्वार बन्न नपाएर र पार्टीले विश्वास नगरेर बेवास्ता गरिएका युवा नेता पनि छन् । तर कतिपय चाँहि विभिन्न पेशामा रहेर आफ्नो गाउँठाउँको विकासमा केही गरौँ भन्ने उद्देश्यसहित मैदानमा ओर्लिएका छन् ।

यसरी अचानक लहर नै भएपनि आफ्नो ठाउँको विकासका लागि युवाहरू अघि सर्नु सकारात्मक हो । तर युवाहरूको सकारात्मक सोच, उत्साह र स्वतन्त्र नै भएपनि उम्मेद्वार बन्ने लहरले ठूला पार्टीका शीर्ष तथा वरिष्ठ नेता यतिबेला त्रासमा छन् ।

चुनाव जित्नैका लागि एकआपसमा गठबन्धन गरेका नेहरु यतिबेला आत्तिन थालेका छन् । उम्मेद्वारी दर्ता गरेर घरदैलोमा पुगेका नेताहरू यसै पनि मतदाताको प्रश्न र विकासप्रतिकाे चिन्ताले झन् ठूलो चिन्तामा छन् ।

त्यसमाथि स्वतन्त्र युवाहरू वर्षौँदेखि जित्दै आएका नेताहरूको ‘खेदो’ खन्दै अब ‘नो नट अगेन’ भनेर चुनावी मैदानमा ओर्लिएपछि उनीहरु आत्तिन थालेका छन् । सामाजिक सञ्जालमा सुरु भएको लहर र बढ्दो दबाबले नेताहरू यतिबेला ढुक्कले पहिलेजसरी चुनाव लड्न सकिरहेका छैनन् । बरु उल्टै स्वतन्त्र युवाहरूले ‘पासा’ पल्टाउँछन् कि भन्ने चिन्ता छ ।

यता स्वतन्त्र उम्मेद्वार पनि बढी उत्साहमा छन् । दुईतिर कांग्रेस र माओवादी तथा एमाले र जसपा जस्ता राजनीतिक दल गठबन्धन गरेर चुनावी मैदानमा ओर्लिँदा स्वतन्त्र युवाहरूको जित आफैँमा चुनौतिपूर्ण छ ।

यसले कतिपयलाई चुनाव जित्ने उम्मेदवारको भोट काटिने चिन्ता छ । कतिपयलाई चाँहि आफ्नो जितमा पनि शंका गर्न थालेका छन् । विकासको नारा घन्काएर, आश्वासन छरेर जनतामा जाने ठाउँ अब कम्तीमा बूढा नेताहरूका लागि सहज छैन ।

आधुनिक प्रविधिको युगले गर्दा स्वतन्त्र युवा उम्मेदवारलाई झन् सहज बनाएको छ । तर पार्टीगत राजनीति गरिरहेका नेताहरूलाई भने झन् जटिल बनाएको छ । जसले गर्दा विगतका दिनमा पार्टीको नेतृत्व गरेका माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई यसपटक स्वतन्त्र युवाहरूको लहर तथा उनीहरूकै पार्टीका असन्तुष्ट नेताले चुनौति थपेका छन् । युवाहरूको उत्साह र साहसलाई सही थाप्दै बाबुराम भट्टराईले चुनाव नै नलड्ने उद्घोष गरेका छन् । यो एकहदसम्म सकारात्मक पनि हो ।

यस्तोमा उनीहरु चुनाव हारिन्छ कि भन्ने चिन्तामा छन् । ओली र देउवा पुरानै ठाउँबाट चुनाव लडेपनि प्रचण्ड चितवनबाट गोरखा पुगेका छन् । अनि युवाहरूको लहर उनीहरूलाई जसरी पनि रोक्ने भन्नेमा छन् ।

बिसौँ वर्ष राजनीति गरेर देशलाई केही पनि उपलब्धि दिन नसकेको भन्दै युवा नेताहरू आक्रोशित छन् । व्यवस्था बदलेर आफू नयाँ राजा बन्ने होडबाजीमा नेताहरू लागेको भन्दै युवा नेताहरू यसपटक आफूलाई जनताले मतदान गर्ने आशामा छन् ।

तर युवाहरूमा आशा र उत्साह भएपनि सहजता भने छैन । युवाहरूको उपस्थिति र साहसले मात्रै पनि यसपटक चुनाव लडिरहेका बूढा तथा शीर्ष नेताहरूलाई चिन्ता थपिदिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  २ : १९ बजे

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३