अन्नपूर्ण पदमार्गबाट फर्किए पाँच सय ८१ पर्यटक « Khabarhub

अन्नपूर्ण पदमार्गबाट फर्किए पाँच सय ८१ पर्यटक


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

लमजुङ– चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेको हिमपात र अविरल वर्षाका कारण अलपत्र दुई सय जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । यस्तै एक साताको अवधिमा यस क्षेत्रबाट पाँच सय  ८१ जना पर्यटक पदयात्राबाट बाहिरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक चेकजाँच केन्द्र धारापानीले जनाएको छ ।

यसरी फर्किने धेरैजसो इजरायली पर्यटक छन् । केही फ्रान्स, जर्मन, इटली, बेलायत, अमेरिका, भारतका साथै नेपाली पनि छन् । केही पर्यटक अझै मनाङमै छन् । यहाँ दैनिक ७० देखि ८० जना विदेशी पर्यटक आउने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । उनका अनुसार हिमपात जारी छ । त्यो हेर्न पनि पर्यटक आएका हुन् । केही पर्यटक रोकिएको र केही थोराङ्ला भन्ज्याङ ९५,४१६ मिटर० पार गरेर मुक्तिनाथ पुगेको उनले बताए ।

एक्याप धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार मंगलबार मात्रै चक्रीय अन्नपूर्ण पदमार्गमा दुई सय पर्यटक भित्रिएका छन् । 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ४ : ४७ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा