लमजुङका होमस्टेमा भरिए दसैँ-तिहार बिदा मनाउने पर्यटक  « Khabarhub

लमजुङका होमस्टेमा भरिए दसैँ-तिहार बिदा मनाउने पर्यटक 


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरूमा समेत बढ्न थालेको छ। दसैँमा हुने लामो बिदामा धेरै व्यक्तिहरू विभिन्न स्थानमा घुम्न निस्किन्छन्।

लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैँ मनाउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ। दसैँ र तिहार बिदालाई धूमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन्।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला दसैँ र तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ। बिदा मनाउनका लागि समूह-समूह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरु पर्यटकले भरिएका छन्।’ उनका अनुसार होमस्टेमा दसैँ मनाउनका लागी ५०/६० जना आन्तरिक पर्यटक आएका छन्।

पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक कबिन्द्र गुरुङले बताए। “कुनै घर पनि खाली छैन हामीलाई भ्याई नभ्याई भएको छ, उनले भने, ‘राती बास बस्न नपाउनेहरू बिहान मात्रै आएका छन्।

सुखी गाउँ घलेगाउँमा पनि डेढ सय भन्दा बढी पर्यटक घलेगाउँ आएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घलेले बताए। उनले भने दसैँ र तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे प्याक भएको छ।

होमस्टे, प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरुमा पर्यटकको ओइरो लागेको हो। घलेगाउँ, काउलेपानी सहित राइनासकोट होमस्टेमा पनि पर्यटक भरिएका छन्। घलेगाउँ, काउलेपानी ,राइनासकोट होमस्टे मात्र हैन बेसीशहरको खासुर, खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनमा पर्यटकको ओइरो लागेको स्थानीयले बताएका छन्।

गाउँमा पर्यटकको चाप बढेर भ्याई नभ्याई भए पनि गाउँलेहरू भने खुसी भएका छन्। पर्यटकीय गाउँहरुमा कृषिसँगै पर्यटन नै मुख्य पेशा रहेको छ। पर्यटकहरूको स्वागत सत्कार गरेर नै स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १० : ३० बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६