चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ « Khabarhub

चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दार्चुला– जिल्ला अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

शुक्रबार दिउँसो मदिरा सेवन गरी अस्पताल पसेका महाकाली नगरपालिका-५ का ३० वर्षीय प्रेमसिंह धामीले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए । उनलाई चिकिक्सकमाथि दुर्व्यवहार गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार जिल्ला अस्पतालमा कार्यरत डा. जफर अन्सारीमाथि दुर्व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेशबहादुर शाहीले बताए ।

ती युवक मदिरा सेवन गरी दिउँसो अस्पताल पसेको हुनाले डाक्टर अन्सारीले मदिरा सेवन गरेर अस्पतालमा नआउन आग्रह गर्दा दुर्व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : ४५ बजे

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार