स्वास्थ्य शिविरमा एक हजार दुई सयले लिए सेवा « Khabarhub

स्वास्थ्य शिविरमा एक हजार दुई सयले लिए सेवा


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – जिल्लाको शिवपुरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्। शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरिएको शिविरमा एक हजार दुई सय दुई जनाले स्वास्थ्य जाँच एवं परीक्षणसहित औषधि सेवा लिएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए।

उनका अनुसार शिविरमा आँखाको उपचारसहित मोतियाविन्दुको शल्यक्रिया, मेडिकल सामान्य चिकित्सा सेवा, महिला तथा स्त्रीरोगसम्बन्धी परीक्षणसहित पाठेघर खस्नेसम्बन्धी उपचार सेवा, दन्त परीक्षण र विभिन्न किसिमका सर्जरी सेवा उपलब्ध गराइएको थियो। सर्जरी सेवामा शरीरमा गाँठागुँठी भएका, कोठी पलाएको, खिल पल्टेकाको शल्यक्रिया, हर्निया र हाइड्रोसिल शल्यक्रिया तथा पुरुष बन्ध्याकरण सेवा प्रदान गरिएको छ।

काठमाडौँ र सिन्धुपाल्चोकसँग सीमा जोडिएको शिवपुरी गाउँपालिका भौगोलिकरूपमा दुर्गम, सडक सञ्जालको पहुँच अभावलगायतका कारण बिरामीले घर छाडेर स्वास्थ्य संस्थासम्म जचाउन जानका लागि चासो नदिने भएकाले पालिकाले निःशुल्क शिविर सञ्चालन गरेर बिरामीको पहिचान, उनीहरूको रोगको उपचारसहित स्वास्थ्यसम्बन्धी सचेतनासमेत फैलाएको शिवपुरी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले जानकारी दिए। उनका अनुसार बिरामीलाई शिविरमा आउजाउ गर्न प्रत्येक वडाबाट निःशुःक यातायात सुविधा उपलब्ध गराइएको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : ४३ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका